सहर-सडकभरि ओइरियो ‘जेन-जी’

दलित अनलाइन भदौ २३, २०८२

काठमाडौं —  देशभरिका सहरमा आज ‘जेन-जी’ पुस्ता ओइरिएको छ। ‘भ्रष्टाचार र नेपोटिज्म’ विरुद्ध सामाजिक सञ्जालमा अभियान चलाइरहेका उनीहरू सोमबार बिहानैदेखि सडकमै उत्रिएका हुन्।

यो पुस्ताले पछिल्ला केही दिनयता ‘नेपो किड’ र ‘नेपो बेबिज्’ जस्ता विश्वव्यापी ट्रेन्ड नेपालमा पनि ब्यापक बनाएका थिए।

देशभरिका मुख्यमुख्य सहरहरूमा यतिबेला स्कुल तथा कलेज ड्रेसमै यो पुस्ता विभिन्न नाराबाजी गरिरहेका छन्। ‘आवर फ्युचर इज नट फर सेल’, ‘से नो टु करप्सन’, ‘जेन-जी हेयर-फ्युचर क्लियर’ जस्ता प्ले-कार्ड बोकेर यो पुस्ताले खबरदारी गरिरहेको छ।

माइतीघरमा हुने प्रदर्शनलाई लिएर सुरक्षा संयन्त्र पनि चनाखो भएको छ। आइतबार मात्रै जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई प्रदर्शनका लागि माइतीघरमा अनुमति दिएको हो।

खासगरी, पछिल्लो समय इन्डोनेसियादेखि फिलिपिन्स हुँदै नेपालतर्फ बगिरहेको ‘नेपो बेबी’ अभियानमार्फत युवा—पुस्ताले ‘भ्रष्ट राजनीतिज्ञ र उच्चपदस्थ व्यक्ति’का बिलासी सन्तान (छोराछोरी र नातिनातिना)हरूलाई ‘टिकटक, रेडिट र इन्स्टाग्राम’मा हिर्काइरहेको छ। प्रश्नको घेरामा ल्याएको छ।

‘नेपो बेबी’ अर्थात विना अनुभव तर पारिवारिक वा राजनीतिक हैसियतकै आधारमा अवसरमा हालिमुहाली र लाभ लिने सन्तानहरू, जसको नाममा थुप्रिन्छ अर्बौंको सम्पत्ति र जिउँछन् आलिसान जीवनशैली।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank