काठमाडौं — नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जातीय विभेद हटाउन एमालेले आफैबाट सुरु गरेका छन् ।
नेकपा (एमाले)को राजनीतिक कार्यदिशा र उत्पीडित दलित समुदायको मुक्ति विषयक अन्तरकृया काठमाडौमा भएको कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले जातीय विभेद हटाउन एमालेले आफैबाट सुरु गरेको बताएका हुन् ।

ज्ञवालीले मुलुकमा छुवाछुत र विभेद गर्ने सदस्यलाई कारबाही गर्ने पहिलो पार्टी एमाले भएको दावी गरे । ज्ञवालीले वर्ण व्यवस्था मानव निर्मित भएको बताउँदै त्यसलाई परिर्वतन गर्न सकिने र पेशा समेत बदल्न सकिने बताए ।
उनले जात व्यवस्था र वर्ण मानव निर्मित भएको बताउँदै विभेदका दुई रुप वर्गीय तथा सामाजिक विभेद रहेकाले यसको अन्त्य गरिनुपर्ने बताए । ‘दलित पहिचान हामी अन्त्य गर्न चाहन्छौ । तर केही मान्छेहरु यसैलाई पहिचान बनाउने र सधै कायम राख्न चान्छन ।’ ज्ञवालीले भने,‘यो समुदायका लागि केही विशेष व्यवस्था गर्नुपर्छ । यस्तो कुरा गर्दा केही साथीहरु क्वालिटीको कुरा गर्छन । तर मौका नै नदिई कसरी क्वालीट निस्कीन्छ । त्यसका लागि बिषेश व्यवस्था गर्नु पर्छ ।’

संगठनका अध्यक्ष मनोहर विश्वकर्मा पौडेलले पार्टीको आगामी विधान माहाधिवेशनमा उत्पीडित दलित समुदायका मुद्धा सम्बोधन गर्नेगरी सुझाव पेश गरिएको जानकारी दिए । उनले गत भदौ १० गते विधान अधिवेशनका लागि उत्पीडित दलित समुदायका मुद्धा सम्बोधन गर्न संगठनका तर्फबाट पार्टीका महासचिव शंकर पोखरेललाई लिखित सुझाव दिइएको बताए ।

कार्यक्रममा नेकपा (एमाले) पोलिटव्युरो सदस्य ईश्वरी रिजालले छलफलको अवधारणा प्रस्तुत गरे । उनले श्रमजीवी वर्ग एवं पूजीपति वर्गवीच वर्गीय अन्तर्विरोध रहेको बताए । जात व्यवस्थाको विशिष्टता, यसको अन्तर्विरोध र समाधानलाई पार्टी दस्तावेजमा स्पष्टरुपमा उल्लेख गरिनुपर्ने उनल बताए ।

कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै मुक्ति समाज नेपालका उपमहासचिव तथा स्कुल विभाग प्रमुख सोमनाथ पोर्तेलले छुवाछूत, भेदभाव, गरिबी र समानुपातिक सहभागीता आजको उत्पीडित दलित समुदायका मुख्य मुद्दा रहेको बताउँदै पार्टीले यसलाई सम्बोधन गर्नुपर्ने औल्याए । ‘उत्पीडित दलित समुदायका यी मुद्दाहरुलाई हाम्रो पार्टीले कसरी सम्बोधन गर्छ ? समुदायको मुक्तिको नीति, योजना र कार्यक्रम कसरी अघि सार्छ ?’ उपमहासचिव पोर्तेलले प्रश्न गरे । उनले एमालेकै अगुवाईमा जारी भएको संविधानमा दलित समुदायको हक मौलिक हकका रुपमा रहेपनि कानुन बन्न नसकेको गुनासो गरे ।

मुक्ति समाज नेपाल स्कुल विभागका उपप्रमुख रवि सेन्चुरीले कार्यक्रम संचालन गदै दलित देशमा करिब २० प्रतिशत जनता गरिबीको रेखामुनी रहेको र त्यसमध्ये सबैभन्दा ठुलो हिस्सा दलित समुदायको रहेको बताउँदै उत्पीडित दलित समुदायको गरिबी अन्त्य गर्नु आजको चुनौती रहेको बताए ।


























Leave a Reply