लगानीका लागि नेपालको बजार सानो छैन : मन्त्री भण्डारी

दलित अनलाइन भदौ १२, २०८२

काठमाडौं —  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी, उत्पादन, उत्पादकत्वमा आत्मनिर्भर बन्न नेपालको बजार सानो नभएको बताएका छन्।

बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा सुदुरपश्चिम प्रदेश सरकारले आयोजना गरेको सुदुरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले लगानी गर्न नेपाली बजार सानो नभएको बताएका हुन्।

‘लगानी गर्न हामीले बजार देखिरहेका छौं, अरु बजार नखोजौँ। पहिलो बजार घरेलु बजार खोजौँ, तीन करोड जनताको बजार सानो होइन,’ उनले भने, ‘लगानी, उत्पादन, उत्पादकत्वमा हामी आत्मनिर्भर बनौँ। त्यसपछि करोडौका कुरा पछि गरौंला । पहिले हामी आयात प्रतिस्थापन गरौं।’

मन्त्री भण्डारीले नेपाली बजार सुरक्षित गर्न सके देशको जिडिपी बढ्ने पनि बताए। उनले लगानीका लागि नीतिगत रुपमा नै रहेका जटिलताहरु, प्रक्रियागत जटिलताहरु रहेको बताए।

‘नेपालको तीन करोडको बजार मात्र सुरक्षित गर्न सक्यौ भने कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ग्रोथ बढी नै हुन्छ। आर्थिक कुटनीतिले केही नयाँ सम्भावना देखाउँछ। पहिले नीतिगतरुपमा नै रहेका जटिलताहरु, आन्तरिक प्रक्रियागत जटिलताहरु छन् । एकद्धार सेवा प्रणाली होस् वा एउटा कुसीबाट सेवा दिने कुरा होस् १२ वटा टेवलबाट त जटिलता भइहाल्छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank