भूमि विधेयकविरुद्ध जसपा सडकमा आउने, देशभर एकहप्ते प्रदर्शनको घोषणा

दलित अनलाइन भदौ ७, २०८२

काठमाडौं — जनता समाजवादी पार्टी, नेपालले सरकारले अघि बढाएको भूमि सम्बन्धी विधेयक ‘राष्ट्रहितविपरीत’ भएको भन्दै देशव्यापी रूपमा एकहप्ते विरोध प्रदर्शनको घोषणा गरेको छ।

पार्टीले उक्त विधेयकले भू-माफिया र जग्गा दलाललाई हित गर्ने तर तराई/मधेशलाई मरुभूमीकरणतर्फ धकेल्ने आरोप लगाएको छ।

जसपा नेपालका महासचिव लालबाबु राउतद्वारा जारी विज्ञप्तिअनुसार, यही भदौ ९ गतेदेखि १५ गतेसम्म देशका विभिन्न शहरहरूमा विधेयकविरुद्ध विरोध प्रदर्शन गरिनेछ।

पार्टीको केन्द्रीय सचिवालय बैठकले ‘भूमि र वन बचाउँ, मधेशलाई मरुभूमीकरण हुनबाट जोगाउँ’ अभियानअन्तर्गत आन्दोलन गर्ने निर्णय गरेको जनाएको छ।

संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भदौ ५ गते प्रक्रिया अगाडि बढाएपछि जसपाले आन्दोलनको घोषणा गरेको हो। पार्टीले आफूहरूले सुरुदेखि नै विधेयकको विपक्षमा आवाज उठाउँदा पनि सरकारले बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ।

‘भूमि सम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको, भू-माफिया, जग्गा दलालको हित हुने र यसबाट वन जंगल विनाश भई तराई/मधेश मरुभूमीकरण हुनेगरी सरकारले ल्याउन लागेको हो,’ विज्ञप्तिमा भनिएको छ।

जसपाले वन क्षेत्रको अतिक्रमण रोक्न, जैविक विविधता र पर्यावरणको संरक्षण गर्न तथा जल, जंगल र भूमिको रक्षा गर्न आन्दोलनमा उत्रिनु परेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank