बाढीपछि क्लान्त पाकिस्तानको पख्तुनख्वा [तस्बिरहरु]

दलित अनलाइन भदौ २, २०८२

काठमाडौं — पाकिस्तानको उत्तरी क्षेत्रमा भीषण वर्षाका कारण आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या तीन सय ३२ नाघेको छ।

शुक्रबार खैबर पख्तुनख्वा प्रान्तमा घनघोर वर्षा हुँदा आएको बाढीमा पनि हालसम्म ३३२ जनाको मृत्यु भएको हो।  भारी वर्षा र बादल फुटेर आएको बाढीका कारण एकैदिन २०० भन्दा बढीले ज्यान गुमाएका थिए। त्यो भूमिबाट बग्ने स्वात नदी सबैभन्दा धेरै उर्लिएको छ।

पिडिएमएले जारी गरेको पछिल्लो विवरण अनुसार बुनेर जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ। जहाँ पछिल्लो ४८ घण्टामा २०८ जनाको मृत्यु भएको छ। जिल्ला उपायुक्त कासिफ कयुम खानको कार्यालयले १२० जना घाइते भएको र ५० जना अझै बेपत्ता रहेको जनाएको छ।

पिडिएमएको रिपोर्टअनुसार अन्य जिल्लाहरूमा पनि ठूलो मानवीय क्षति भएको छ। शाङ्लामा ३७, मानसेहरामा २३, स्वातमा २२, बाजौरमा २१, बट्टाग्राममा १५ र लोअर दीरमा ५ जनाको मृत्यु भएको छ।

क्षतिको भयावह अवस्थालाई मध्यनजर गर्दै खैबर पख्तुनख्वा सरकारले सबैभन्दा बढी प्रभावित जिल्लाहरू– बुनेर, बाजौर, स्वात, शाङ्ला, मानसेहरा, तोरघर, अपर तथा लोअर दीर र बट्टाग्राममा संकटकाल घोषणा गरेको छ।
अघिल्लो दिन क्षेत्रको भारतीय भूमिमा आएको बाढी पहिरोमा परेर ६० भन्दा धेरै मानिसको मृत्यु भएको थियो। त्यसमा १०० जनाभन्दा अझै वेपत्ता छन्।

बाढीपछि त्यहाँको अवस्था देखाउन सिएनएनले प्रकाशित गरेका केही तस्विरहरू हामीले साभार गरेका हौं-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank