माथेमा प्रतिवेदन कार्यान्वयन गर्न तयार : मन्त्री पोखरेल

दलित अनलाईन २४ असार २०७५, आईतवार ०७:४५

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई आमरण अनसन तोडेर वार्तामा आउन आह्वान गर्नुभएको छ ।
मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदमा पेश गरिएको उल्लेख गर्दै आमरण अनसन तोडेर वार्तामा आउन वरिष्ठ चिकित्सक केसीलाई आह्वान गर्नुभएको  हो ।
उहाँले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रमा भएका सबै विकृति र विसंगतिलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।
आईतबार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सरकार केदारभक्त माथेमा प्रतिवेदन कार्यान्वयन गर्न तयार रहेको पनि स्पष्ट पार्नुभएको छ ।
जुम्लामा आमरण अनसनमा बस्नु भएका वरिष्ठ चिकित्सक केसीलाई तत्काल काठमाडौंमा आउन पनि मन्त्री पोखरेलको आग्रह गनुभयो।
मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिक परिषद (सिटिईभीटी)लाई पुनर्गठन गर्ने घोषणा पनि गनुभयो ।
उहाँले प्राविधिक शिक्षालाई आम जनताको पहुँचमा पु¥याउनेगरी सिटिईभीटीलाई पुनर्गठन गर्न लागिएको पनि बताउनुभयो । मन्त्री पोखरेलले प्रविधिमैत्री शिक्षालाई मुलुकको समृद्धिसँग जोडन सरकार लागि परेको दावी पनि गनुभयो ।
मन्त्री पोखरेलले शिक्षालाई जीवन उपयोगी बनाउन सबै तहको पाठ्यक्रम परिमार्जन गर्न लागिएको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank