नेपाल आइपुगे भारतीय विदेश सचिव विक्रम मिश्री

दलित अनलाइन भदौ १, २०८२

काठमाडौं —  प्रधानमन्त्री केपी ‌ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आइपुगेका छन् । भारतीय वायुसेनाको विमानबाट मिश्री त्रिभुवन विमानस्थलमा अवतरण भएका हुन् ।

काठमाडौं पुगेका मिश्रीले सुरुमा समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईलाई भेट्नेछन् । मिश्री राईको निमन्त्रणामा नेपाल आएका हुन् । मिश्रीले आजै प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणा, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीसँगको भेटका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणका लागि औपचारिक निमन्त्रणा दिनेछन् । प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ मा भारत भ्रमणमा जाने तयारी छ । मिश्रीको भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुनेछ ।

प्रधानमन्त्री बनेको १४ महिनापछि ओलीको भारत भ्रमण हुन लागेको हो । विदेश सचिव मिस्रीको काठमाडौंमा हुने भेटवार्तामा प्रधानमन्त्री भारत भ्रमणका एजेण्डाको द्विपक्षीय तयारी गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank