सरकारले रवीन्द्र ढाँटलाई पाँच लाख र प्रशिक्षकलाई दुई लाख प्रोत्साहन दिने

दलित अनलाइन साउन २८, २०८२

काठमाडौं — सरकारले भारतमा भएको म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन) मा बेन्टामवेट च्याम्पियन रवीन्द्र ढाँटलाई पाँच लाख रुपैयाँ दिने भएको छ ।

उनका प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिइने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।

रवीन्द्र ढाँटलाई अस्ति बसेको मन्त्रिपरिषद्को बैठकले प्रोत्साहनस्वरूप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । यस्तै, उहाँका प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिने पनि निर्णय भएको छ, आज प्रधानमन्त्री ओलीले फेसबुकमार्फ जानकारी दिएका छन् ।

यसअघि, मंगलबार काठमाडौं महानगरले ढाँटलाई दुई लाख नगदसहित सम्मान गरेको थियो । गत साउन १७ गते भारतको नोएडामा भएको फाइनलमा त्यहाँका नम्बर वान चेग्रोन कोरेनलाई नकआउट गर्दै उनी च्याम्पियन बनेका थिए । उनले कोरेनलाई तेस्रो राउन्डमा नकआउट गरेका थिए ।

उनी एसिया प्रशान्त क्षेत्रमा २२८ स्थानमा रहेका एमएमए फाइटर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank