भिजिट भिसामा डिपी अर्याल पानीमाथिको ओभानो बनेर पन्छिन खोज्दै छन् : बस्नेत

दलित अनलाइन साउन २६, २०८२

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालको सुमिरे टुर एन्ड ट्राभल्सबाट भिजिट भिसामा कोरिया र डेनमार्क पुगेका केही व्यक्ति उतै लुकेको पाइएको छ। नेपाल स्काउटको लोगो देखाई टिकट काटेर गएका उनीहरू उतै लुकेका हुन्।

उक्त विषयमा रहेर नेकपा (एमाले) का नेता महेश बस्नेतले अर्याल पानीमाथिको ओभानो बनेर पन्छिन खोजेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै बस्नेतले यस्तो बताएका हुन्। उनले सदनमा भिजिट भिसा प्रकरणका नाममा गृहमन्त्री रमेश लेखकमाथि आइपरेका रास्वपाका कार्यवाहक सभापतिलगायतका सांसदहरूमाथि निकै गम्भीर र ठूलो नैतिक प्रश्न भएको बताए।

उनले लेखेका छन्, ‘रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल भने आफू पानीमाथिको ओभानो बनेर पन्छिन खोजिरहेका छन्। सदनमा भिजिट भिसा प्रकरणका नाममा गृहमन्त्री रमेश लेखकमाथि आइपरेका रास्वपाका कार्यवाहक सभापति लगायतका सांसदहरूमाथि यो निकै गम्भीर र ठूलो नैतिक प्रश्न हो।’

नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले दर्जनौं ट्राभल एजेन्सीले भिजिट भिसामा पठाएका नागरिकको विवरण अनुसन्धान गर्ने क्रममा यो तथ्य फेला पारेको हो। ब्युरोले भने यो विषयलाई गोप्य राख्न खोजेको छ। ब्युरोका एक अधिकारीका अनुसार स्काउट प्रतिनिधिहरूलाई यो विषयमा सोधपुछ गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank