दमाई-बाहुनी प्रेमकथा : ज्यान जोगाउन १ महिनादेखि कोठामा कैद

दलित अनलाईन १४ आश्विन २०७५, आईतवार २२:२९

लोकेश दर्जी

म कपडा पसलमा सेल्सम्यानको नोकरी गर्दथे । उनी पल्लो पट्टि पार्लर सिक्न आईन । यसरी हाम्रो देखभेट भयो । उनले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाईन । च्याटबाट कुराकानी हुन थाल्यो । त्यसपछि मोबाईल नम्बर लेनदेन भयो । यसरी कुराकानी बढ्दै गयो । माया गाढा हुदैं गयो ।

एकरात बोल्दैथियौं । रातको १२ बजेको थियो । उनले निद्रा लाग्यो भन्न थालिन । मैले एउटा कुरा भन्छु भने । भनन भनिन । म तिमीलाई माया गर्छु भने । उनले फोन नै काटिदिईन । पछि म्यासेज आयो – लब यु टू ।

देवकी विमली

उहाँले प्रपोज गर्दा मलाई डर लाग्यो । के भनुम के भनुम भयो । माया त थियो तर भन्न सकिरहेको थिईन । मुखले भन्न नसकेर म्यासेजबाट जवाफ फर्काए । हामी रातभर बोल्थ्यौं । कहिलेकाहिं त बिहानै हुन्थ्यो । म उहाँको घर जान्थे । उहाँले मुमालाई भनिसक्नु भएको रहेछ । मलाई उहाँहरुले बुहारीको रुपमा स्विकारिसक्नु भएकोथियो । तर यता मेरो घरतीर भने हाम्रो सम्बन्ध बारे थाहा थिएन ।

लोकेश दर्जी

अन्तरजातीय विवाह गर्ने हामी पहिलो जोडी होईनौं । यो भन्दा अगाडि समाजमा धेरै भएकोछ । मेरै आफ्नो दादाको पनि भएकोछ । मलाई यीनले नै प्रोत्साहित गर्थिन । पहिल्यैदेखि जातपात नमान्ने रहिछन् । यसले मलाई पनि हौस्यायो । त्यहि भएर हामी अगाडि बढ्यौं ।

लोकेश दर्जी र देवकी विमली

देवकी विमली

हामी १४ साउनमा घर देखि हिंड्यौं । हिंड्नु भन्दा ८ दिन अगाडि हाम्रो भनाभन भएकोथियो । म रुदैं उहाँ संग बोलिरहेकोथिंए । पछाडिबाट मामुले सुनिरहनु भएको रहेछ । मामुलाई अलि अलि शंका भैसकेकोथियो । ‘को संग बोलेकोहोस् रु‘ भन्नु भो । फोन खोसेर उहाँलाई पनि अलिअलि गाली गर्नु भो । उहाँले पनि केहि भन्नु भो होला । मुमाले मेरो फोन फुटालेर फालिदिनु भयो ।

८ दिन सम्म हाम्रो कुराकानी हुन पाएन । १४ साउनमा उहाँ हाम्रो घर खोज्दै आउनुभएछ । मलाई देख्नु भएनछ, फर्किनु भएछ । मैले पल्लो घरबाट फोन गरेर बोलाएँ । हामी भेट्यौं । लब परेको ३ बर्ष भयो । बिहे गर्ने भए गरुम जुम भने । उहाँले बाईकमा बस भन्नु भयो । हामी त्यतिकै हिंड्यौं । २ मिनट भित्रमै हाम्रो प्लान बनेकोथियो । मैले पहिल्यै देखि जातभात मान्दिन थिए । तर हाम्रो सम्बन्धको सबैभन्दा ठुलो तगारो नै यहि बनिदियो ।

लोकेश दर्जी

नभए हाम्रो चार पाँच बर्ष बिहे गर्ने सोंच नै थिएन । मैले उनलाई घर लगिन । म ईलाम जान भनि घरबाट निस्किएकोथिंए । साँझ परेकाले गाडी पाईएन । हामी बर्मे गएर ३ दिन बस्यौं ।

देवकी विमली

हामी सानीआमा कहाँ बसेकाथियौं । त्यहाँ बस्दा प्रहरीले हामीलाई सम्पर्क गर्यो । त्यताबाट उहाँहरुले केहि हुदैंन यो सामान्य हो, फर्कनोस् भन्नु भो । तपाईले आफ्नो बाबा आमाको सामुन्ने ‘ म आफ्नै राजी खुशीले गएको हो’ भनिदिनुहोला केहि हुदैंन भन्नु भयो । तपाईंको उमेर पनि पुगेको रहेछ, डराउनु पर्देन भन्नु भो ।

सामान्य रहेछ भनेर हामी त्यहिंबाट फर्कियौं । घर फर्किएकै दिन मेरो दिदीले पुलिस लगेर खोज्दै खोज्दै जानु भएछ । त्यहाँबाट सानीआमाको फोन आयो – तिमीहरुलाई त पुलिसले खोज्दै यहाँ सम्म आएकोछ । भागीहाल । ’ हामी भागेर सिक्किम पुग्यौं । त्यहाँ आठ नौ दिन बस्यौं । हामीलाई ५ दिनभित्र पुलिस स्टेशनमा हाजिर हुन भनेकोले आउनैपर्छ भन्ने खबर पायौं । हामी फर्कियौं । चौकीमा हाजिर भयौं ।

लोकेश दर्जी

त्यहाँ पुग्दा सबै भेला भएकाथिए । मैले जर्वदस्ती लगेको हो भनेर निवेदन हालिएको रहेछ । पुलिसले सोधेपछि उनले ‘हैन म आफ्नै खुशीले गएको हो’ भनिन ।

देवकी विमली

मलाई पुलिसले सोधे । मैले हैन हाम्रो पहिल्यैदेखि लभ परिरहेकोथियो अहिले बिहे गरेको हो भनेर सबै कुरा बताईदिए । त्यति भनिसकेपछि बाबाले ‘छोरी यहाँ आईज म गफ गर्छु‘ भन्नु भो । मैले ‘जे सोध्न’ छ यहिं सबैको सामु सोध्नुस म आउँदिन भने । बाबाको छेउ जान डर लाग्यो ।

म नमानेपछि जर्वदस्ती तानेर लैजानु भयो । घिसार्दे पुलिसस्टेशन भन्दा पर्तीर लैजानु भयो । उहाँले लतार्दे गेटबाहिर लग्न खोजिरहनुभएकोथियो । दलित संघका सुरेश बराईली अंकल र वडाअध्यक्ष दिलिप अंकलले गेट बन्द गर्न भन्नुभयो । मेरो जेठाजु दादाले भिडीयो बनाउन थाल्नु भयो ।

त्यतिन्जेल पुलिसले केहि गरिरहेको थिएन । भिडीयो गर्न थालेपछि पुलिसले रोके । मलाई समाएर चौकीभित्र थुनिदिए । त्यहाँ भित्र मेरो दिदी आउनु भयो । मलाई घर हिंड अझैपनि केहि बिग्रयाछैन । तलाईं हामी काठमाण्डौ पठाईदिन्छौ । त्यहाँ एक दुई महिना बस अनि बाहिर जा भन्दै फकाउन थाल्नु भयो । मैले उसलाई मन पराएर आईसके अब म छाड्न सक्दिन । भन्दै त्यो ठाउँबाट बाहिर निस्केर भागे। उहाँको छेउमा गएर बसे । फेरि छलफल भयो । फेरि सोधियो – तिमी उहिसगैं बस्ने हो त रु मैले ‘अँ म उहाँसगैं बस्ने हो । म छुट्टिएर त मरिगए जाँदिन भने ।

मैले त्यति भनेपछि बाबाले ‘ ल ठिक छ उसोभए हामीले जे गर्न सक्छौं गर्छौ । त्यसका लागि कहाँ सम्म जानुपर्ने हो जान्छौं । नसके तलाईं मारेर फालिदिन्छौं ।’ भन्दै बाबाहरु जानु भयो ।

उहाँ गैसकेपछि वडाअध्यक्षको रोहबरमा पुलिसले तिमीहरुको उमेरले पुग्छ केहि हुदैंन भन्दै कागज गरिदिनु भयो। म संग मेरो केहि डकुमेन्ट थिएन । हामीहरु त्यहाँबाट घर फर्कियौं ।

लोकेश दर्जी र देवकी विमली

कागजमा मलाई केहि भए उहाँलाई पक्रने भनेर बनाएकोथियो । कागज गरियो अब नर्मल भयो भनेर हामी घर बसिरहेकाथियौं । २० दिन भएकोथियो । ममी र म बाहिर बसेर मेकअप गर्देथियौं । उहाँ पल्लो घरमा हुनुहुन्थ्यो । साढे ३ हुन आँटेकोथियो । खाना बनाउन भन्दै सब्जी केलाउन थालेकोथिंए । बाहिर मेरो दिदी र मैले नचिनेको ३ जना मान्छेहरु आईरहेको देखे । ठुलठुला ति हेर्दा पनि डरलाग्दा थिए ।

म झटपट तलको रुममा छिरे र लुके । बाहिर आएर त्यो दाईहरुले लोकेश भाई लोकेश भाई भन्दै करउान थाल्नु भो । त्यसपछि उहाँ आउनु भो । ममीहरु पनि आउनु भयो । म चाहिं बाहिर निस्केको थिएन । उहााहरुले बहिनी र भाईलाई लिन आएका हौं भोलि ल्याईदिन्छौं भन्नु भयो । खोई बहिनी भनेपछि म निस्किए । म सासुको छेउमा गएर बसे ।

तिम्रो मामु बिरामी हुनुहुन्छ तिमीलाई खोज्दै हुनुहुहन्छ, तिमी हिंड भन्नु भयो । म माथिको रुममा गएँ, उहाँलाई बोलाए । भित्र बाट चुकुल लगाएँ । मैले जेठाजुहरुलाई फोन गरेर बोलाएँ । सासुपनि मान्छे जम्मा गर्न गाउँतीर जानु भयो । उहाँहरु आएर हामीले नचिनेको मान्छेसंग कसरी पठाउने भन्नु भयो । नानीलाई तलमाथि केहि भए लोकेशलाई पक्रने भनेर कागज गरेकोछ । हामी त्यतिकै पठाउँदैनौ भन्नुभयो । मेरो ससुरा बाले यहिं तल वडा कार्यालय छ तपाईंहरुले कागज बनाएर लैजानेभए लैजानोस् नत्र दिदैंन भन्नु भयो ।

त्यहाँ देखिएको मात्र ३ जना रहेछ । पर पन्ध्र सोरह जना केटाहरु लुकेर बसेका रहेछन् । उनीहरु गाडीबाट फुट्टफुट्ट निस्कदै आए । मैले भने – यदि मेरो ममी बिरामी नै हुनुहुन्थ्यो भने मेरो दिदीले किन गुण्डा लिएर आउनुहुन्थ्यो रु मलाई भनेकोभए म त्यतिकै आईहाल्थे नी । म एकचोटी फोनमा बोल्छु भन्दापनि दिनु भएन ।

मलाई डर लाग्यो म जाँदिन भने । त्यसपछि उनीहरु फर्किए । त्यसको भोलिपल्ट उहाँ र जेठाजु पुलिस चौकी जानु भयो ।

लोकेश दर्जी

हामीले त्यहाँ उजुरी दिन खोज्दा उहाँहरुले यस्तो झगडा लफडाको उजुरी सुनिदैंन भन्नुभयो । हामीलाई शान्ति सुरक्षा चाहियो हामी कहाँ जाऊ त रु भन्यौं । असई साबले आफ्नो ज्यानको सुरक्षा आफै गर्नुपर्छ भनेर जवाफ फर्काउनु भयो । त्यति भनेपछि म निराश भएर फर्किए ।

घरमा बस्न डर मर्नु भयो । त्यसपछि हामी काठमाण्डौ आयौं ।अहिले हामीलाई सपोर्ट गर्ने अंकलहरुलाई पनि फोनबाट धम्की दिईरहेकाछन रे ।

देवकी विमली

काठमाण्डौ आएको आठ नौ दिन पछाडि मेरो दिदीहरु गएर तिनीहरुलाई ५ दिनभित्र झिकाउनु भनेर दवाव दिएछन् । पुलिसले मेरो जेठाजुलाई उहाँको फ्रेसहाउसबाट पक्रेर गएछन् । उहाँले म ५ दिनभित्रमा ल्याउँछु भन्नुभएछ । त्यत्रो कागज गरिसकेपछि पनि हामीलाई हाजिर गरा भन्दै जेठाजुलाई पुलिसले लगे । हामीलाई न्याय कतैबाट छैन उल्टो दवाव छ ।

गाउँमा बाहुनको छोरी भएर तेरो छोरी दमाईसंग गईन भने होलान । त्यस्तो सुनेपछि उहाँहरुले यस्तो गरेको होला जस्तो लाग्दछ ।

लोकेश दर्जी

अन्तरजातीय विवाह हामीले मात्र गरेको होईन । किन हामीलाई मात्र यस्तो हुन्छ रु खोई हामीलाई शान्ति सुरक्षा रु न कानुनी निकायबाट केहि भयो न दलितकर्मीहरुबाट केहि भयो । हामीले गर्ने चहिं के तरु हामीले न्याय खोज्न कहाँ जाने रु गाउँमा १४ बर्षको चेलीको बिहे हुन्छ । त्यहि पुलिस र ठुलाबडा मान्छे भोज खान जान्छन । तर हामी उमेर पुगेकोलाई अन्तरजातीय बिहे गरेको कारण यस्तो दुख दिईन्छ । हामीलाई समाजले कहिले दिन्छ त न्याय रु घरिघरि त यहि बन्द कोठामा निस्सासिएर मरिन्छ कि झैं लाग्छ ।

दशैं तिहार आउँदैछ । सबै मान्छे देशबिदेशबाट घर फर्किरहेकाछन् । हामी यहिं भएको मान्छे यसरी भूमीगत भएर बन्द कोठामा लुकेर बसिरहनु परेकोछ । चाड पर्वमा कल्लाई घर जान मन लाग्दैन । तर शान्ति सुरक्षा छैन कसरी जाने घर रु हामी नयाँ जोडीलाई बाबा आमाको हातबाट दशैंको टिका थाप्न मन छ । बन्द कोठामा थुनिएर बस्न परिरहेकोछ ।

गोजीमा भएको पैसा सकिईसक्यो । यहाँपनि आफन्तकोमा बसिरहेकोछौं ।सधैं आफन्तकोमा पनि बस्न सकिदैंन । झापा देखि न्याय खोज्दै र ज्यान बचाउँदै यहाँ सम्म आईपुगियो । अब हामी जाने कहाँ रु त्यहाँ गुण्डा लगाउनेले यहाँ पनि लगाएका होलान ।

देवकी विमली

पुलिस प्रशासनले सहयोग गरेकाभए यो कुरा उहिल्यै मिलिसक्थ्यो । उहाँहरुले मेरो कागजपत्र मगाईदिएर सहयोग गरेकोभए हाम्रो विवाह दर्ता भैसक्थ्यो । बाबाहरुलाई आफु भन्दा सानो जातको संग गई ईज्जत फलि भन्ने लाग्छ होला । तर म मेरो खुशी र मेरो माया खोजेर गएको हो ।

लोकेश दर्जी

आफुले जन्माएको छोरी आफ्नो ईच्छा विपरित गएपछि चित्त दुख्यो होला । रिसको बेलामा भन्नुभयो । उहाँले आफ्नै छोरी कसरी मार्नुहुन्छ होला र रु डर लाग्छ तर म हिम्मत हार्नेवाला छैन । मैले नराम्रो काम गरेको छैन । यदि राम्रो काममा ज्यान जान्छ भने ठिकै छ । मरौंला तर हार मानिदैन । त्यसरी मर्न पाउँदा मलाई गर्व नै लाग्नेछ । मलाई के भन्न मन छ भने यस्तो मलाई मात्र होईन भोलि अरुलाई पनि पर्न सक्छ । म जस्ता दलित युवा कहिले देखि खुल्ला रुपमा जिउन सक्छौं रु

देवकी विमली

बाबाले तलाई मार्छु भनेपछि डर लागेर भागेका हौं । जन्म दिएको आमाबाको माया त लागिहाल्छ नी । बेलाबखत घर परिवारको याद आउँछ । बिहे गरेकोपनि २ महिना भैसक्यो । तर माया गरेको मान्छेसंग जिवन बिताउन पाउँदा खुशी लाग्छ । चित्त बुझाउँछु ।

म मेरा परिवारलाई के भन्नु चाहन्छु भने हामीलाई जिन्दगीभर सगैं बस्न दिनोस् । हामीलाई स्वतन्त्रपूर्वक बाँच्न दिनोस्। गुण्डा नलगाईदिनोस् ।

(यो सामागी फ्री प्रेस नेपालको सहयोगमा तयार पारिएको हो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank