कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच बालुवाटारमा छलफल

दलित अनलाइन साउन २५, २०८२

काठमाडौं — सरकारका मन्त्री फेरबदलबारे नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबिच बालुवाटारमा छलफल भएको छ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा एमाले उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकविच छलफल भएको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार भएको छलफलमा सरकारका मन्त्रीहरुको कार्यसंपादनका बिषयमा समिक्षा भएको जनाइएको छ।

छलफलमा सरकारका मन्त्री फेरबदल गर्ने बिषयका अतिरिक्त भूमि विधेयक, राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी विधेयक र संघीय निजामती कर्मचारी विधेयकबारे पनि कुराकानी भएको थियो।  छलफल भए पनि कुनै निश्कर्ष भने निकालिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank