कुलिङ पिरियड गडबडीबारे छानबिन प्रतिवेदन समितिले सभामुखलाई बुझाइयो

दलित अनलाइन साउन २०, २०८२

काठमाडौं —  संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडसम्वन्धी गडबडी छानबिन गर्न बनेको संसदीय समितिले सभामुख देवराज घिमिरे समक्ष आफ्नो प्रतिवेदन बुझाएको छ।

लामो छलफलपछि मंगलबार बिहान मात्र छानविन प्रतिवेदनमा समितिका सदस्यहरुविच सहमति जुटेको थियो। उक्त प्रतिवेदन कार्यान्वयनका लागि समितिले सभामुख घिमिरेलाई बुझाएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा आयोजित एक कार्यक्रमकाबीच सभामुख घिमिरेलाई प्रतिवेदन बुझाइएको हो।

प्रतिवेदनमा राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडालाई मुख्य जिम्मेवार किटान गरिएको छ ।

छानबिन समितिमा कांग्रेसकै सहमहामन्त्री रहेका सांसद जीवन परियार सभापति छन् भने कंग्रेसका सांसद सुशीला थिङ सदस्य छिन्। नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन्। माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank