पूर्वराष्ट्रपति दलका नेता बन्न सम्भव हुँदैन : एमाले

दलित अनलाइन साउन ७, २०८२

काठमाडौं —  पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी फेरि नेकपा एमालेको राजनीतिमा सक्रिय हुने चर्चाका बारेमा नेकपा एमालेले पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ।

मंगलबार राति अबेरसम्म बसेको पार्टीको केन्द्रीय समिति बैठकले आगामी भदौ तेस्रो साता हुने विधान महाधिवेशनका लागि विभिन्न प्रस्तावहरू पारित गर्दै भण्डारीको सक्रिय राजनीतिक पुनरागमनबारे पनि प्रस्ट पारेका हो।

केही नेताहरूको ‘नोट अफ डिसेन्ट’का जावजुद पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यादेवी भण्डारीलाई पूर्वराष्ट्रपतिकै रुपमा सम्मान गरिने र पार्टी राजनीतिमा आउन नदिने  गरी निर्णय सुनाएका थिए।

Shivam Cement

‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टी राजनीतिमा सक्रिय हुने विषयले पार्टीको गम्भीर ध्यानाकर्षण गराएको छ। नेपालको संविधानको भाग – ६ धारा (६१) मा राष्ट्रपतिको व्यवस्था गरेको छ। सोही धाराको (२) मा राष्ट्रपति देशको राष्ट्राध्यक्ष हुने, सोही धाराको (३) मा राष्ट्रिय एकताको प्रवर्द्धन, सोही धाराको ( ४ ) मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने र धारा-२६७ को (२) को व्यवस्था बमोजिम नेपाली सेनाको परमाधिपति हुने व्यवस्था छ’ बैठकपछि जारी विज्ञप्तिमा विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनबारे यस्तो भनिएको छ ‘यसले मुलुकको राष्ट्राध्यक्ष, राष्ट्रिय एकताको प्रतिक, संविधानको पालनकर्ता र संरक्षणकर्ता, सेनाको परमाधिपति, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतिक, साझा व्यक्तित्व र देशको अभिभावक भएकाले कुनै पनि दलविशेषको पार्टी सदस्य र कार्यकर्ता वा नेता हुने कुरा यो गौरवमय जिम्मेवारी लिएको व्यक्तिबाट सम्भव हुँदैन र मिल्दैन भन्ने निष्कर्ष निकालेको छ। यसले जनतामा, प्रणालीमा, व्यवस्थामा र संविधानको मर्म र भावनामा गलत अभ्यास हुने ठहर गरेको छ। त्यसकारण बैठकले पूर्व राष्ट्रपतिलाई उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ।’

यस्ता छन् एमाले केन्द्रीय समिति बैठकले गरेका निर्णय र पारित प्रस्तावहरू: 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank