आफ्नै कमजोरीका कारण लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भयो : अध्यक्ष केसी

दलित अनलाइन असार ८, २०८२

काठमाडौँ —  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नै कमजोरीका कारण लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन्।

उनले आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद नचलेकोमा चिन्ता व्यक्त गरे।

Shivam Cement

उनले सत्ता र शक्तिमा भएकाहरूको इशारामा संसदलाई गोटी बनाइदा इज्जत गुम्दै गएको बताए। केसीले वर्तमान शिक्षा प्रणालीले मुलुक नबन्ने भन्दै चिन्ता व्यक्त गरे।

सत्ता, शक्ति र सम्पत्तिको पछि लाग्दै जानु राष्ट्रका लागि दुर्दशा भएको बताउँदै उनले यसले राष्ट्रियतामाथि नै प्रश्न उठ्न थालेको उल्लेख गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank