सत्ताको दमनका कारण सदन अवरुद्ध भएको हो : सांसद गौतम

दलित अनलाइन असार २, २०८२

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले सत्ताको आफ्नै दमनका कारण सदन रोकिएको बताएकी छन्।

सोमबार प्रतिनिधीसभाको बैठक रोकिएपछि संघीय संसद बाहिर संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले सदनले उम्किने बाटो नरोजी जनतालाई स्पष्ट पार्न आग्रह गरिन्।

‘छानबिन समितिप्रति चित्त बुझाउने ठाँउ छैन। नयाँ बनाउने भनी वार्ता गर्ने वित्तिकै सहमतिमा आउन सकिन्छ,’ उनले भनिन्।

सांसद गौतमलेसभामुखले सबै दललाई एकैठाँउमा भेला गराएर सदन संचालन गर्ने बाटोतर्फ लैजाँदा सबैको हित हुने समेत बताइन्।

उनले दिर्घकालिन समाधानका लागि उच्च स्तरको छानबिन समिति बनाउन प्रस्ताव राख्दा सत्तापक्षबाट अस्वीकार भएकाले आफूहरु एक्सनमा उत्रिएको बताइन्।

सांसद गौतमले  भिजिट भिसा प्रकरणबारे सत्यतथ्य खबरहरु बाहिर आउन आवश्यक रहेको बताइन्।

‘रास्वपाको आन्दोलन केही हप्तादेखि चलिआएको छ। भिजिट भिसा प्रकरणबारे सत्यतथ्य खबरहरु बाहिर आउन आवश्यक छ। यसमा सरकार संवेदनसिल हुन आवश्यक छ। त्यसको लागि दिर्घकालिन रुपमा उच्च किसिमको छानबिन समिति बनाउन प्रस्ताव राख्दा सत्तापक्षबाट अस्वीकार हुँदा सदन अवरुद्ध गर्न वाध्य छौं,’ उनले भनिन्।

उनले सबै दलहरुलाई एकै ठाउँमा राखेर छलफल गरे समस्याको निकास निकाल्न सकिने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank