बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुुपर्छ : प्रधानमन्त्री

दलित अनलाइन जेष्ठ ३०, २०८२

काठमाडौँ —  प्रधानमन्त्री केपी ओलीले कुनै पनि बालबालिकाले सडकमा बस्न बाध्य हुन नहुने र उनीहरुले स्नेहपूर्ण जीवन पाउनुुपर्ने बताएका छन्।

बालश्रम विरुद्धविश्व दिवसको सन्दर्भमा बालसंरक्षण राष्ट्रिय सञ्जाल एनसिपिएद्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘म बालबालिकाले दुःख पाएको सुन्न र देख्न पनि सक्दिनँ, मलाई गाह्रो हुन्छ । म उनीहरु सँधै मुस्कुराइहुन् भन्ने चाहान्छु । सामन्ती व्यवस्थाको शोषणका समयमा यसरी आज जस्तो बालबालिकाले आफ्ना कुरा र अधिकारबारे बोल्न र शासकहरुलाई सुनाउन पाउँदैनथे । आज म प्रधानमन्त्रीका रुपमा बालबालिकाका कुरा सुनिरहेको छु,’  उनले भने, ‘हाम्रा कुनै पनि बालबालिका सडकमा वा बालश्रममा पर्न बाध्य हुनु हुँदैन । उनीहरुले स्नेहपूर्ण जीवन पाउनुपर्छ । हामीले सडक बालबालिका मुक्त अभियान सञ्चालन गरेका छौँ, सिङ्गो मुलुकको आर्थिक–सामाजिक रूपान्तरणसँगै बालबालिकाको समग्र हितका लागि हाम्रा प्रयासहरु जारी रहनेछन्।’

Shivam Cement

प्रथम महिला राधिका शाक्यसमेत सहभागी कार्यक्रममा विभिन्न स्थलमा रहेका १९ बालबालिकाका तर्फबाट बालश्रमका समस्या र समाधानका विषयमा  प्रधानमन्त्री ओलीलाई सामूूहिकरुपमा चिठी बुझाएका थिए।

कार्यक्रममा एनसिपिएका पूर्व अध्यक्ष विमला ज्ञवालीले बालश्रम अन्त्यका लागि विद्यमान कानुनी व्यवस्थामा संशोधन हुनुपर्ने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank