जेठ २१ गतेलाई सार्वजनिक बिदा दिन राष्ट्रियसभा अध्यक्षको सरकारलाई ध्यानाकर्षण

दलित अनलाइन जेष्ठ २१, २०८२

कठमाडौ — राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले हरेक वर्ष जेठ २१ गतेको दिनलाई सार्वजनिक बिदा दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगले बुधबार काठमाडौंमा गरेको एक कार्यलाई सम्बोधन गर्ने क्रममा उनले सरकारले यसमा आवश्यक निर्णय गर्न आग्रह गर्दै ध्यानाकर्षण गराएका हुन् ।

अध्यक्ष दाहालले भने, ‘यो दिवस दलित समुदायको सम्मान र समानताको पहिचान स्थापित गर्ने, सामाजिक न्याय र मानव अधिकारको प्रवद्र्धन गर्ने अवसर पनि हो । यो केवल स्मरणको दिन मात्र होइन, आफूबाटै परिवर्तन शुरू गर्न प्रतिबद्धता गर्ने दिन पनि हो । सरकारले आजको दिनलाई सार्वजनिक विदा दिनुपर्छ भनेर माननीय सदस्यले संसदमा आवाज उठाइरहनुभएको छ, त्यसतर्फ सरकारले आवश्यक निर्णय गरोस् भन्ने मैले यस अवसरमा आग्रह गर्दछु ।’

Shivam Cement

अध्यक्ष दाहालले संविधानमा दलितका लागि धारा ४० मा र ४२ मा मौलिक हकको व्यवस्था गरिएको भए पनि ति व्यवस्थाको कार्यान्वयनको अवस्था अझै सन्तोषजनक नरहेको बताए ।

उनले भने, ‘सार्वजनिक सेवामा आरक्षणका व्यवस्था प्रभावकारी कार्यान्वयनको चरणमा पुगेका छैनन् । राजनीतिक प्रतिनिधित्वको हक संवैधानिक रूपमा सुनिश्चित गरिए पनि नीति निर्माण तहमा दलित समुदायको प्रभावकारी उपस्थिति अझै कमजोर देखिन्छ ।

संविधान अनुसार भएका थुप्रै कानूनी तथा नीतिगत प्रावधान व्यावहारिक जीवनमा पुग्न नसक्नु, स्थानीय तहमा पनि दलित सरोकारका विषयमा अपेक्षित चासो नदेखिनु, अझै पनि सामाजिक व्यवहारमा छुवाछुतका स्वरूप कायम रहनुजस्ता समस्या विद्यमान छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank