काठमाडौँ — जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा दलित समुदायमाथि तीन हजार वर्ष पहिलेदेखि हुँदै आएको जातीय भेदभाव तथा छुवाछूत प्रथाको अन्त्य गर्ने प्रणसहित २०६३ साल जेठ २१ गते तत्कालीन व्यवस्थापिका संसद्ले ‘छुवाछूतमुक्त राष्ट्र’ घोषणा गरेको थियो ।
उक्त दिनको स्मरणमा त्यसयता नेपालमा हरेक वर्ष जेठ २१ मा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउने गरिएको छ ।
दिवसको अवसरमा राष्ट्रिय दलित आयोग र सामाजिक संघसंस्था, राजनीतिक दलका भातृ संस्थाहरू र दलित अधिकारकर्मीहरुको अगुवाईमा देशभरि विभिन्न्न कार्यक्रमहरू हुँदैछन् । दिवसको अवसरमा बुधबार राष्ट्रिय दलित आयोगले काठमाडौँमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गर्दैछन् ।
_KhaYWeEYXG.gif)
नेपाली कांग्रेसको दलित समन्वय तथा सहजीकरण विभागले पनि सानेपास्थित केन्द्रीय कार्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सभापति शेरबहादुर देउवासहित नेताहरूले सम्बोधन गर्ने छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चाले उपाध्यक्ष पम्फा भुसालको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाउँदैछन् ।


























Leave a Reply