‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन’ टोरन्टोमा सुरु

दलित अनलाइन जेष्ठ १३, २०८२

टोरन्टो – क्यानडामा दर्ता भएको गैर सरकारी संस्था सहयात्रा(क्यानडा तथा दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूद्वारा संयुक्तरुपमा आयोजित पहिलो ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन ‘ २०२५ु सुरु भएको छ ।

टोरन्टो ब्राम्प्टनस्थित क्यानाडा कन्भेन्शन सेन्टरमा आइतबार अपरान्ह आयोजित सम्मेलनको क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्याल, नेपालको राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा तथा अल्पसंख्यक मामिला सम्बन्धी संयुक्त राष्ट्र संघका पूर्व प्रतिवेदक फर्ना डे वारेंले पानसमा बत्ती बाली समुद्घाटन गरे । आनी चोयिंग ड्रोल्माले शान्ति प्रार्थना गरिन् भने गृष्मा सुनार, सोनिया परियार, सोफिया बराइली तथा सदिक्षा बराइलीले क्यानाडाको राष्ट्रिय थिए । आरजु विश्वकर्माले सबै सहभागीहरु लाई स्वागत गरिन्।

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगले दलितको हक अधिकार प्रवर्द्धन गर्न काम गरिरहेको बताए । उनले नेपालको संविधान २०७२ ले दलित समुदायको हितका लागि थुप्रै प्रावधानहरु राखेको भएता पनि कतिपय कार्यान्वयन हुन नसकेको जनाए । उनले जातीय विभेदका कारण सम्बन्धित समुदायले विभेद भोग्नु परेको मात्रै नभई देशको सामाजिक तथा आर्थिक उन्नतिमा पनि ठूलो अवरोध उत्पन्न उत्पन्न भै रहेकाले जातीय विभेद मुक्त समाज निर्माणका लागि सबैले सहकार्य गर्नु पर्ने जनाए।

सम्मेलनलाई सम्बोधन गर्दै क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले नेपालले जातीय भेदभाव अन्त्य गर्ने दिशामा उल्लेख्य प्रगति गरेको बताए । उनले राजनीतिक प्रक्रियामा दलित समुदायको सहभागिता बढाउन विभिन्न प्रावधानहरु राखिएको र राज्यले सबै खाले भेदभाव अन्त्य गर्न प्रतिबद्धता जनाएको बताए ।

Shivam Cement

अल्पसंख्यक मामिला सम्बन्धी संयुक्त राष्ट्र संघका पूर्व प्रतिवेदक फर्ना डे वारेंले मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्रले सबै मानिसहरु जन्मिँदा स्वतन्त्र र समान भएको जनाएता पनि व्यवहारमा भने त्यस्तो नरहेको बताए। उनले दलितहरु विरुद्ध हिम्सा र भेदभाव कायमै रहेको भन्दै दलितहरुको अधिकार सुनिस्चित नहुँदा सम्म मानव अधिकार सुनिस्चित हुन नसक्ने बताए। उनले बहुपक्षीय तथा राष्ट्रिय कानूनी संरचनाको कार्यान्वयन गरेर मात्रै जातीय निर्माण गर्न सकिने बताए।

बुद्धिस्ट सोसाइटी अफ इन्डियाका अध्यक्ष डा राजारत्न अशोक अम्बेडकरले जाति व्यवस्थाले लाखौं मानिसहरुलाई जन्मको आधारमा अमानवीय व्यवहार भोग्न वाध्य बनाएको भन्दै जातीय भेदभाव अन्त्य गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक रहेको जनाए।

भारतीय सम्विधानका मस्यौदाकार डा भिमराव रामजी अम्बेडकरले जातीय आधारमा हुने सबै खाले भेदभाव मुक्त समाजको परिकल्पना गरेको भएता पनि अहिले पनि भारतमा २० करोड भन्दा बढी दलित समुदायले संरचनागत बहिष्करण भोग्नु परिरहेको उनले जनाए। उनले डा अम्बेडकरले कानूनी सुधार मात्रै नभएर सामाजिक क्रान्तिको लागि आह्वान गरेको स्मरण गर्दै जातीय विभेद मुक्त विश्वका लागि वकालत, शिक्षा, आर्थिक सशक्तिकरण तथा डिजिटल सक्रियताको माध्यमबाट सहकार्य गर्न आह्वान गरे।

कार्यक्रममा ब्रिटिश कोलम्बिया विश्वविद्यालयका डा करुण कार्की, सोही विश्वविद्यालयकी डा एन मर्फी, अमेरिकास्थित वेक फरेस्ट्स विश्वविद्यालयका डा स्टिभ फोल्मर, दलित अभियन्ता पल दिवाकर नमला, डा बिष्णुमाया परियार, फेमिनिष्ट दलित अर्गनिजेशन नेपालकी अध्यक्ष दुर्गा शोब, समता फाउन्डेशन नेपालका अध्यक्ष डा मदन परियार लगायतले प्रस्तुति दिएका थिए। त्यस्तै चेतना एसोसियशन अफ क्यानडाका जय बिर्दी, इन्टरन्याशनल दलित डेभलपमेन्ट फोरम नेपालका ओम प्रकाश बिके गहतराज, अल इन्डिया फेडरेशन अफ एससीरएसटी अर्गनिजेशन्सका महासचिव किरण पाल चौधरी, नेटिभ आर्ट्स एण्ड हेरिटेज एकेडेमी काठमाडौँका डा मान विश्वकर्मा, दलित एनजीओ फेडरेशन अफ नेपालका पूर्व अध्यक्ष गजाधर सुनार, नेपाल अमेरिका सोसल अर्गनिजेशनका अध्यक्ष रविलाल सुनार, पूर्व अध्यक्ष धरम विश्वकर्मा, ग्लोबल फोरम फर एलिमिनेशन अफ कास्ट डिसक्रिमिनेशनका अध्यक्ष पदम विश्वकर्मा लगायतले शुभकामना दिएका थिए। उद्घाटन समारोहमा कलाकारहरु स्मृति शाही र मान सिंह खड्काले प्रस्तुति गरेका थिए।

तीन दिने उक्त विश्व सम्मेलन टोरन्टो घोषणा पत्र जारी गर्दै मंगलबार सम्पन्न हुने आयोजकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank