माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी समूहबिच एकता

दलित अनलाइन जेष्ठ १२, २०८२

काठमाडौँ — नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समुहबिच पार्टी एकता भएको छ ।

सोमबार नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समुहबिच पार्टी एकता भएको हो। एकता समारोहमा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले र नेसपा (गंगानारायण श्रेष्ठ) समूहबाट गंगानारायण श्रेष्ठले समायोजन सम्बन्धि निर्णयहरुमा हस्ताक्षर गरेका छन्।

पार्टी एकता घोषणा कार्यक्रममा माओवादी महासचिव देव गुरुङले नेसपासँग पाँच बुँदे सहमति भएको जानकारी गराएका थिए । एकीकृत पार्टीमा श्रेष्ठले सचिवको जिम्मेवारी पाएका छन् ।

Shivam Cement

तत्कालीन एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा.बाबुराम भट्टराई २०७२ सालमा पार्टीबाट अलग हुँदै नयाँ शक्ति नेपाल खोलेका थिए । बाबुरामसँगै सोही दल पुगेका श्रेष्ठसहित १७ केन्द्रीय कार्यकारिणी सदस्य र करिब सय जना केन्द्रीय सदस्यहरू सङ्घीय समाजवादी, जसपा नेपाल, नेपाल समाजवादी पार्टी हुँदै झण्डै १० वर्षपछि पुनः माओवादीमा फर्किएका हुन् ।

संसदीय चुनावपछि माओवादीसँग पार्टी एकीकरण गर्ने भनिए पनि बाबुरामपछि हटेका थिए । २०८० साल चैत ३ गते ३ बुँदे सहमती गर्दै माओवादीसँग एकता गर्ने सम्झौता गरेपनि अध्यक्ष महिन्द्र राय यादवपनि इच्छुक नदेखिएपछि श्रेष्ठ समूहमात्र माओवादीमा समाहित भएको हो । माओवादीको चुनाव चिह्न लिएर संसदीय निर्वाचन जितेका रायको पहिचान भने संसदमा माओवादी सांसदकै रुपमा छ ।

यसैबीच माओवादी केन्द्रले आजै विजय सैजु नेतृत्वको नेवा राष्ट्रिय पार्टीसँग पनि एकता गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank