त्रिविबाट विद्यार्थी नेता राम नेपाली सहित १७ जना पक्राउ

दलित अनलाईन २ असार २०७६, सोमबार २१:३५

काठमाडाैं-त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले मिलेमतोमा आफन्तलाई जागिर दिएपछि रिले अनशनमा बसेका विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ।

त्रिभुवन विश्वविद्यालयमा गत जेठ ६ गतेदेखि अनशन थालेको मोहन वैद्य किरण निकटको क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरूलाई सोमबार प्रहरीले अनशनस्थलबाट नै पक्राउ गरेको संगठनका काठमाडौं जिल्ला संयोजक संघर्ष दाहालले जानकारी दिए।

पक्राउ पर्नेमा क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहाल, पूर्व महासचिव राम नेपाली ,सचिवहरू सूर्य कार्की र महेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू कुमार बर्तौला, जितेन्द्र लम्साल लगायत १७ जना रहेका छन्। उनीहरूलाई कालिमाटीस्थित प्रहरीको हिरासतमा राखिएको छ। पक्राउ परेका विद्यार्थीहरूले आमरण अनशन थालेको पनि दाहालले जानकारी दिए।

भ्रष्टाचार गर्ने विद्यार्थीलाई पक्राउ गरेकोमा संगठनको घोर आपत्ति रहेको दाहालले बताए। त्रिवि सेवा आयोगका पदाधिकारीहरूले आफन्तलाई परीक्षामा पास गराएर जागिरमा नियुक्त गरेपछि क्रान्तिकारी आन्दोलनमा उत्रिएको थियो। क्रान्तिकारीले त्रिवि सेवा आयोग खारेज गर्नुपर्ने, त्रिवि सेवा आयोगका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने र त्रिवि सेवा आयोगबाट पदाधिकारीका आफन्तलाई दिएको नियुक्ति खारेज गर्नुपर्ने माग गरेर आन्दोलन थालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank