संसारमा कुनै पनि समाज, व्यवस्था र धर्मको निर्माण कुनै पनि इश्वर, भगवान, अल्लाह या गाडले गरेका होइनन् र जातलाई पनि भगवानले बनाएका होइनन् । संसारका सबै व्यवस्था मानव निर्मित हुन् र जात व्यवस्था पनि मानवले नै बनाएका हुन् । नेपाल भारत लगायतका देशहरुमा जातको उत्पत्ति आर्याहरु आए पछि मात्र भएको हो ।
आर्यहरुले नै जातीय व्यस्था बनाएका हुन् । यहाँ प्रश्न उठ्न सक्छ किन बनायो त ? आर्या को हो रु भन्ने पश्नको जवाफमा आर्यहरु मध्य एसियावाट नेपाल र भारतमा प्रवेश गरेका थिए । आर्यहरुको मुख्य काम युद्ध र लुटपाट थियो । आर्यहरु हिंसाक प्रवृतिका थिए र युद्ध गर्नमा धेरै चतुर स्वभावका थिए । युद्धका सारा समानहरु सधै साथमा राख्थे । युद्ध तथा लुटपाटको क्रममा नै यीनीहरु सबैभन्दा पहिला भारत हुदै नेपाल प्रबवश गरेको पाइन्छ । त्यो समयमा भारत र नेपालका मुलनिवसीहरु (मुख्य बासिन्दा) समाजिक, अर्थिक र सांस्कृतिक रुपले समृद्ध थिए र कृषि कार्यको साथ साथै अन्य व्यवसायिक कामहरु गर्थे ।

मुलनिवासीहरु शान्तिप्रिय,अहिंसक र स्वाभिमानी जीवन यापन गर्ने र यीनीहरु बुद्धिमान, वहादुर र शक्तिशाली पनि थिए यती विशेषता हुँदाहुँदै पनि यिनीहरु अंिहसक थिए र हतियारवाट धेरै टाडा रहने गरेका थिए । आर्यहरु मुल निवासीहरुको घर, व्यापारिक प्रतिष्ठान,गाँउ,शहर सबै जलाए र स्थानीयहरुको धार्मिक, संस्कृतिक प्रतिकहरु तोडफोड गरी आफनो धार्मिक, संस्कृतिक प्रतिकहरु स्थापित गरी मुल निवसीहरुको उत्पादन सबै साधनहरु आफनो कब्जामा लिएका थिए र सबै काम मुलनिवासी गदर्थे र जुन उत्पादन हुन्थ्यो त्यस माथि अधिकार आर्यहरुको हुन्थ्यो ।
विस्तारै मुलनिवसी समाज माथि आर्यहरुको कब्जा बढदै गयो र मुलानिवासीहरुलाई आफ्नो अधिनता स्वीकार्य गर्न लगाइयो र उनीहरु गुलामी स्वीकार्य गर्न नमाने पछि दुवै पक्ष विच भीषण युद्ध भयो र धेरै धन जनको क्षति भयो महिला तथा वालवालिका माथि प्रहार गरियो अन्ततः मुल निवसीहरु आर्याहरुसँग लडे पनि तर हतियारको अगाडी हार खानु पर्यो । त्यस युद्धमा मुलनिवसी महिलाहरु माथि बलत्कार भयो वालवालिकाहरु माथि धेरै दमन गरियो । यसरी भीषण युद्ध भए पछि केही मुलनिवसीहरु भागेर जंगलमा गई आफनो बास स्थान वनाई जंगल तथा गुफमा बसोवास गर्न थाले तीनीहरुलाई नै आज आदिवासी भनिन्छ ।
जात व्यवस्थाको अन्त्य नहुन्जेल यस्ता घटनाहरु दिन प्रतिदिन भोग्नु पर्ने बाध्यता रह्न्छ त्यस कारण जात व्यवस्थाको अन्त्य हुनु जरुरी छ । जातको विनाश हुनै पर्दछ ।
यसरी मुलनिवसीहरु जंगलमा गए पछि आर्यहरु उनीहरुको घर कब्जा गरेर बस्न थाले र वांकी मुल निवसीहरु जुन जंगल गएनन उनीहरुलाई आफनो दास बनाई उनीहरु संग जर्ववस्ती घृणित काम गर्न लगाइयो । मरेको जनावरहरुलाई फाल्न लगाउने, छाला छोडाउन लगाउने, आर्यहरुको घरको मलमुत्र सफा गर्न लगाउने, महिलाहरुलाई सुत्केरी गराउन लगाउने, गाँउको सुरक्षाको लागी पहरा गर्न लगाउने, चौकीदारी गर्न, हरवाहि चरवाही गराउने लगायत घृणित कार्य गर्न लगाइयो ।
जुन समुदायलाई पछि त्यही आर्यहरुले दलित भनेर सम्बोधन गरेको पाइन्छ । यसरी मुलनिवासीहरु माथि धेरै शोषण भए पछि धेरै पटक संगठित भएर विद्रोह पनि गरे । विद्रोहका कारण आर्यहरु परेशान भएर सधै भरि उनीहरुको सम्पत्ति माथि कब्जा जमाइ राख्न र शासन गर्नको लागी षडयन्त्र गर्न लागे र रणनीति स्वरुप धर्म, बेद, शास्त्र र पुराणको रचना गरी शास्त्रमा मूलनिवासीहरुलाई अछुत,राक्षस,अमंगल र मुख हेर्न समेत अशुभ हुने खालका कुराहरु निकालयो । समाजिक वर्ण व्यस्थालाई चार भागमा बर्गीकरण गरियो ब्राहमण, क्षत्री, बैश र शुद्र । शास्त्र अनुसार ब्रमहाको मुख वाट ब्रहमण,भुजा वाट क्षत्रि,पेटवाट बैश्य, र खुट्टावाट शूद्रको उत्पत्ति भएको हो । आर्यहरु बढि होशियारीका साथ आफुलाई समाजको प्रत्येक स्तरमा सबै भन्दा माथि रहन र कुनै पनि काम नगर्नु परोस भन्नका लागी आफु अनुसार शास्त्रहरुको र्निमाण गरियो । ब्रहमणहरुलाई ज्ञान हासिल गर्न र उपदेश दिनु हो भनि व्यखया गरियो उपदेशको मतलब मात्र आदेश दिनु भन्ने बुझिन्छ । क्षेत्रीका काम रक्षा गर्नु वैश्यको काम व्यवसाय गर्नु र शूद्रको काम सबैको सेवा गर्नु थियो । किन की शूद्रोहरुको जन्म ब्रम्हाको खुट्टावाट भएको । यस प्रकार आर्यहरु शूद्रहरुलाई पीढी दर पिढि नोकर बनाई राख्नको लागी वर्ण व्यवस्था बनाइएको बनाएको पाइन्छ ।
ब्राहमणहरुको राज गुरुको रुपमा चिनिएका संकराआचार्यले जात व्यवस्थाको निर्माण गरी खसआर्यहरुलाई जात व्यवस्थाको पहिलो स्थानमा राखे भने सुरुदेखी सीप कलाको धनीका रुपमा रहेको दलित समुदाय जो सदियौं आर्यहरुको गलत कार्यको सदैव विरोध र प्रतिरोध गरे उनीहरुलाई दलित सुद्र भनेर परिभाषित गरी पिढी दर पिढी शोषण र दमन गर्दै आई रहेको अवस्था छ ।

जात व्यवस्था कुनै प्राकृतिकले बनाएको होइन भन्ने कुरा स्पष्ट रहंदा रहदै पनि हामी त्यही जात व्यवस्थाको जालोमा फसेर हजरौ वर्ष देखी दमन र शोषण सहन बाध्य भएका छौं । जात व्यवस्थालाई हामीले जब सम्म उन्मुलन गर्न सक्दैनौ तब सम्म राष्ट्र र समाजमा समानता र समताको कल्पना समेत गर्न सकिदैन । त्यसैले अब जात व्यवस्थालाई खारेज गर्नु जारुरी छ ।
नेपालमा कुनै बेला सतीप्रथा जरजर अवस्था थियो तर त्यो हराएर गयो, त्यसको अन्त्य भयो कारण के थियो भने सतीप्रथामा देशका कथित उच्च जातका चेली, छोरी बुहारी पत्नी पीडित हुनु परेको थियो त्यसले त्यो प्रस्था उनिहरुलाई छोयो त्यो हटेर गयो तर जात व्यवस्थाले देशका शासक बर्गहरुलाई कुनै पिडा नभएको कारण उनीहरुलाई कुनै वास्ता छैन् तर देशका ६० लाख दलित जात व्यवस्थाको कारण अमानवीय तरिकाले जीवन जीवन बाध्य भएका छन् दलित अछुत भएकै कारण वर्सेनि सयौं दलित समुदायका मानसिहरुले ज्यान गुमानु पर्ने, कोठा भाडाबात लखेटिनु पर्ने, प्रेम विवाहको कारण हत्या हुने, परीक्षा अन्तर्वार्तामा जात हेरेर फेल गर्ने, उच्च वहादाहरु राजनीतिक नियुक्तिहरुमा जति योग्य भए पनि जातकै कारण नियुक्ति नगर्नु, देशको सर्वोच्च न्यायालयमा नियुक्ति नगर्नु लगायत घटनाहरु दलित समुदायले दिनप्रति दिन सामना गर्नु पर्ने हुन्छ । जात व्यवस्थाको अन्त्य नहुन्जेल यस्ता घटनाहरु दिन प्रतिदिन भोग्नु पर्ने बाध्यता रह्न्छ त्यस कारण जात व्यवस्थाको अन्त्य हुनु जरुरी छ । जातको विनाश हुनै पर्दछ ।


























Leave a Reply