रुकुम नरसंहारको पाँच वर्ष पूरा

जेठ १० : रुकुम नरसंहारको पाँच वर्ष पूरा,न्यायका लागि विभिन्न कार्यक्रम गर्दै

दलित अनलाइन जेष्ठ १०, २०८२

रुकुम नरसंहारको पाँच वर्ष पूरा

काठमाडौं – आजकै दिन अर्थात् (१० जेठ २०७७) कथित उच्च जातकी केटीसँग प्रेम–विवाह गर्न खोजेको निहुँमा रुकुम–पश्चिम, चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित उनका ५ साथीको हत्या भएको पाँच वर्ष पूरा भएको छ ।

१० जेठ २०७७ मा सोती गाउँमा आफ्नी प्रेमिकालाई लिन भन्दै जाजरकोटको भेरी नगरपालिका– ४ रानागाउँका नवराज विक र उनका साथीहरूलाई गाउँहरुले मिलेर कुटपिट गरी हत्या गरिएको पाँच वर्ष पूरा भएको हो ।

नवराजसँगै २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाहीलाई लखेटी–लखेटी कुटपिट गरी हत्या गरियो । हातखुट्टा बाँधेर भेरी नदीमा फालियो । १२ जना घाइते भए । घटनामा ३४ जनाविरुद्ध अभियोजन दर्ता भएको थियो । जिल्ला अदालत रुकुम पश्चिममा ३२ जेठ ०७७ मा अभियोग दर्ता भएको थियो । फरक–फरक समयमा गरेर ३४ जना प्रक्राउ परे । तीनपटकमा गरेर थुनछेक आदेश भयो ।

Nepatop

१० असार ०७७ मा भएको छुनथेक आदेशले एक नाबालिका र एक नाबालकलाई सुधारगृहमा पठायो । बालिकाकी आमा एक लाख धरौटीमा रिहा भइन् । तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल र दिपेन्द्र चन्दलाई साधारण तारेखमा छाडियो ।

२३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइयो । बाँकी आरोपी दुईपटकमा अदालतमा हाजिर भएपछि थप दुईपटक थुनछेक आदेश भएको थियो । २८ असार ०७७ मा भएको थुनछेक आदेशबाट एकजना र ३१ असारको आदेशबाट थप चारजनालाई पुर्पक्षका लागि थुनामा पठाइयो । थुनछेक आदेशप्रति अभियुक्तहरू पुनरावलोकनका लागि उच्च अदालत गएका थिए ।

उच्च अदालत सुर्खेतमा राय बाझियो । पछि यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो । सर्वोच्चले ६ वैशाख ०७८ मा सौरभ घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती र भीमबहादुर बुढासहित पाँचजनालाई साधारण तारेखमा रिहा गरिदियो ।

जिल्ला अदालत रुकुम पश्चिमले २०८० पुस ५ मा उनीहरूमध्ये २४ जनालाई जन्मकैदको फैसला सुनाएको थियो भने आठ जनालाई सफाइ दिएको थियो । अदालतले नवराजकी प्रेमीका र उनकी आमालाई जातीय छुवाछुतको कसुरमा दुई वर्षको कैद र ५०,००० रुपैयाँ जरिवाना तोकेको थियो ।

Laxmi sunrise bank 2034

करिब ५ वर्षअघि (१० जेठ २०७७) कथित उच्च जातकी केटीसँग प्रेम-विवाह गर्न खोजेको निहुँमा रुकुम-पश्चिम, चौरजहारी नगरपालिका-८ सोतीमा जाजरकोट, भेरी नगरपालिका-४, रानागाउँका २१ वर्षीय नवराज विकसहित उनका ५ साथीसमेतको हत्या गरिएको घटनालाई उच्च अदालत सुर्खेतले जातीय विभेद होइन भनेपछि दलित समुदाय आक्रोशित छ।

उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यही वैशाख १६ गते नवराज विकसहित ६ जनाको हत्या मुद्दाका २३ प्रतिवादीविरुद्ध जिल्ला अदालतले गरेको जन्मकैदको फैसला सदर गरे पनि जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर गरेपछि दलितहरू विरोधमा उत्रिएका हुन्।

यस्तै काठमाडौं लगायत देशका विभिन्न ठाउँमा नवराज विकसहित उनका ५ साथीको हत्या भएको पाँच वर्ष पूरा भएको सन्दर्भमा उनको न्यायको लागि विभिन्न दबाब र विरोध  प्रदर्शन गर्दैछन्। काठमाडौंमा जात व्यवस्था उन्मूलन मोर्चाले सोही घटनाको स्मरणमा जात व्यवस्थाविरुद्धको विद्रोह दिवसका रुपमा कार्यक्रम गदै छ। दलितका लागि दलित अभियान, नेपाल  सन्दर्भमा दिउँसो १२ बजे माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्दैछन्।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank