निजामती विधेयकमा ‘कुलिङ पिरियड’ नराख्न सचिवहरुले गराए सभामुखको ध्यानाकर्षण

दलित अनलाइन जेष्ठ ८, २०८२

काठमाडौँ —  नेपाल सरकारका सचिवहरूले विहीबार दिउँसो सभामुख देवराज घिमिरेलाई भेटेर संघीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’ नराख्न ध्यानाकर्षण गराएका छन्।

मुख्यसचिव एकनारायण अर्यालसहित २२ जना सचिवको टोलीले सभामुख घिमिरेलाई भेटेर उक्त ध्यानाकर्षण गरएका हुन्। विधेयक संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भइसकेको छ।

Nepatop

संसद्बाट पारित नगर्न दबाबका लागि सभामुखलाई भेटेर ध्यानाकर्षण गराइएको हो । उनीहरुले कुलिङ पिरियड राख्न नहुने भन्दै सहजीकरणका लागि सचिवहरुले सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए।

राज्य व्यवस्था तथा सुशासन समितिबाट विधेयक पास भइ हाउसमा जाने तयारीमा छ । सभामुखले सचिवले राखेका कुरामा ध्यानाकर्षण भएको भन्दै यो बिषय अव संसद्मा राख्ने बताएका थिए।

मुख्यसचिव एकनारायण अर्यालले सचिवहरुलाई लिएर सभामुख घिमिरे कहाँ गएका थिए । यसअघि पनि सचिवहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर कुलिङ पिरियड हटाउनुपर्ने माग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank