‘व्यवस्था उल्ट्याउने आन्दोलनलाई प्रतिबन्ध लगाउने अधिकार सरकारलाई छ’

दलित अनलाइन जेष्ठ ८, २०८२

काठमाडौँ —   सरकारका प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजावादीहरुको आन्दोलनलाई प्रतिबन्ध लगाउने अधिकार सरकारलाई रहेको बताएका छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गुरुङले यस्तो भनाई राखेका हुन्। मन्त्री गुरुङले राजतन्त्र पुनःस्थापना गर्ने कुरा संविधान विरोधी काम भएको बताए।

Nepatop

‘यत्तिका धेरै मान्छेले रगत पसिना बगाएर, दुःख गरेर प्राप्त गरेको यो गणतन्त्रको रक्षा गर्नु हामी सबैको कर्तव्य हो,’ उनले भने, ‘त्यो आन्दोलन गर्ने भन्ने कुरालाई आजका दिनसम्म प्रतिबन्ध लगाएका छैनौँ। प्रतिबन्ध पनि लगाउन सक्ने छुट संवैधानिक अधिकार, कानुनी अधिकार सरकारलाई छ।’

उनले सरकारले उदारतापूर्वक संविधान र लोकतन्त्रको मूल्य मान्यताको विरोध गर्ने तथा वर्तमान शासन प्रणाली उल्ट्याउन चाहनेहरुलाई पनि सभा, आन्दोलनका कार्यक्रम गर्न दिइरहेको बताउँदै आन्दोलन गर्न दिने कुरा सरकारको कायरता नभई उदारता भएको समेत बताए।

‘यसलाई कमजोरी नठानियोस् । संविधान, जनता विरोधी गतिविधि गरिराख्नेलाई सधैँ छुट दिन सकिँदैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank