सुशासनका लागि सूचनाको हक आवश्यक : गृहमन्त्री

दलित अनलाइन जेष्ठ ६, २०८२

काठामडौं — गृहमन्त्री रमेश लेखकले सुशासन स्थापना गर्नको लागि पनि सूचनाको हक आवश्यक भएको बताएका छन्।

मन्त्रालयस्तरीय सूचना अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रममा उनले सूचनाको हकले पारदर्शिता स्थापित गर्ने, पारदर्शिताले सुशासनको सुनिश्चितता गर्ने भन्दै सुशासनको लागि पनि सूचनाको हक आवश्यक रहेको बताए।

‘सूचनाको हक किन आवश्यक छ भन्दा पारदर्शिताका लागि आवश्यक छ। सूचनाको हकले पारदर्शिता स्थापित गर्छ, पारदर्शिता भएपछि त्यसले सुशासनको सुनिश्चितता गर्छ,’ उनले भने, ‘यदी पारदर्शिता छैन् भने सुशासन हुदैँन् र पारदर्शिताको लागि सूचनाको हक आवश्यक हुन्छ । त्यसकारण सुशासनको लागि पनि सूचनाको हक आवश्यक छ।’

गृहमन्त्री लेखकले लोकतान्त्रिक समाज, पद्धतीमा सूचनाको हकलाई जसरी व्यवस्थित गरिन्छ त्यही तरिकाले नेपालमा पनि व्यवस्था गरेको भन्दै नागरिकलाई सूचना उपलब्ध गराउनु सरकारको दायित्व भएको बताए।

Laxmi sunrise bank 2034

‘सूचनाको हकलाई हामीले संविधानको मौलिक हकमा राखेका छौं। लोकतान्त्रिक समाज, पद्धतीमा सूचनाको हकलाई जसरी व्यवस्थित गरिन्छ त्यही तरिकाले हामीले पनि व्यवस्थित गरेका छौं। प्रत्येक नागरिकलाई सूचना पाउने हक छ र सूचना सार्वजनिक सरोकारको विषय हो,’ उनले भने, ‘कुनैपनि सरकारी कार्यालयमा आफ्नो काम छ भने त्यो कहाँ पुगेको छ भन्ने जानकारी लिन पाउनुपर्ने हक पनि प्रत्येक नागरिकलाई छ। नागरिकलाई सूचना पाउने हक भनेको सरकारको दिने दायित्व हो । सरकारले त्यो उपलब्ध गराउनुपर्छ।’

साथै, उनले सूचनाको हक भन्ने वित्तिकै जे मागे त्यही दिन पर्छ भन्ने पनि हुदैँन् । कतिपय गोप्य राख्नुपर्ने सूचना हुने भन्दै सबै सूचना सार्वजनिक गरेपनि अराजकता पैदा गर्ने गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank