काठमाडौं — सरकारले आफुहरुले राखेको ११ बुदे माग तत्काल सम्बोधन नगरे त्यसको मूल्य महँगो पर्ने भन्दै सशक्त आन्दोलन गर्ने संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाइमा उनीहरु शुक्रबार माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म विभिन्न नारासहित प्रदर्शन गदै आफुँले राखेको माग तत्काल सम्बोधन नगरे त्यसको मूल्य सरकारले चुकाउनुपर्ने भन्दै आन्दोलन कडा बनाउने चेतावनी दिएका हुन् ।
लामो समयदेखि लालपूर्जा नपाएपछि उपत्यकामा रहेका सुकुम्बासी अव्यवस्थित बसोबासीहरुको अधिकारको निम्ति यथास्थितिमा लालपूर्जा पाउनु पर्ने माग राखेर आन्दोलन तेजिलो बनाउँदै लगेका छन् ।
तीन चार पुस्ता देखि काठमाडौंमा बसोबास गर्दै आएका सुकुम्बासी बसोबासीहरुलाइ राज्यले बिना विकल्प उठिबासाको सूचना जारी गरेपछि निरन्तर आन्दोलन गर्दै आएका उनीहरुले कुनै पनि सर्त बिना यथास्थानमा लालपूर्जा पाउनु पर्ने भन्दै आन्दोलनमा उत्रिएका छन् ।
कार्यक्रममा बोल्दै अधिकांश वक्ताले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्प बिनाको उठिबास सदाका लागि बन्द गर्न सम्बन्धित निकायलाई दबाबमूलक प्रदर्शन गर्दै काठमाडौं उपत्यकाका सुकुम्बासीको ब्यबस्थापन का लागि १० बुदे घोषणा पत्र जारी गरेका समेत घोषणा गरेका छ्न ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले घोषणा पत्र प्रस्तुत पश्चात् एउटा सरकारको निकाय लालपुर्जा दिन फर्म भर्ने, अर्को सरकारको निकाय उठीबासको सूचना टाँस्दै हिँडेकोले सरकारको द्वेधचरित्रको बिरुद्धमा ध्यानाकर्षणका लागी सडक सभा गरेको बताए ।
अध्यक्ष कार्कीले सुकुम्बासीहरुको अधिकार प्राप्तिको निम्ति प्रदर्शन गर्दा प्रशासनले छेक्ने र सरकारमै रहेका दलले मोर्चाले उठाएको आन्दोलनलाई अल्मलाउदै कमजोर पार्न मोर्चाका घटक दललाई कसरी फुटाउने भनेर विभिन्न बहानाबाजी गरेर मोर्चालाई फुटतिर धकेल्ने गरेको समेत आरोप लगाएका छ ।
सडक सभामा अधिकांश वक्ताहरुले ४५ बर्ष देखि काठमाडौं उपत्यकाको विभिन्न स्थानमा बसोबास गरेका सुकुम्बासीहरुको बिना विकल्प सरकारले सुकुम्बासीहरुका झुपडी भत्काउने काम गरेकोले त्यसको बिरोध गर्दै तत्काल चुनाव अगावै काठमाडौं उपत्यका लगायतका देशैभरका सुकुम्बासीहरुलाइ बिना सर्त लालपुर्जा दिन सरकारका निकायको ध्यानाकर्षण गराएका छ्न ।
Leave a Reply