जातीय विभेद गर्ने पिएन क्याम्पसका उपप्राध्यापकलाई कारबाही

दलित अनलाइन बैशाख ३१, २०८२

काठामडौं — त्रिभुवन विश्वविद्यालयअन्तर्गत पृथ्वीनारायण क्याम्पसमा अध्यापनरत प्रा.डा. देविलाल शर्माले विद्यार्थीमाथि जातीय विभेद गरेपछि कारबाहीमा परेका छन् ।

विद्यार्थीलाई ‘तँ दमैले के गर्न सक्छस् गर’ भनेर गालीगलौज गरेपछि पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक डा. देवीलाल शर्मालाई क्याम्पस प्रमुख डा. हरिप्रसाद पाठकले मंगलबार उपप्राध्यापक डा. देवीलाल शर्मालाई व्यवस्थापन अनुसन्धान विभाग प्रमुखबाट हटाएका हुन् ।

क्याम्पसमा अध्यापनरत प्रा.डा. देविलाल शर्माले शैक्षिक भ्रमणका क्रममा विद्यार्थी अमन परियारमाथि जातीय आधारमा गालीगलौज गरेको आरोप लागेको हो।

सिन्धुलीमा शैक्षिक अवलोकन भ्रमणको सिलसिलामा सोमबार साँझ शर्माले ‘तँ.. को छोरो, जात नभएको, …. जात जनायो’ जस्ता अपशब्द प्रयोग गरी अपमानजनक व्यवहार गरेको परियारको आरोप छ।

दलित विद्यार्थी समाज पृथ्वीनारायण क्याम्पसले डा. शर्माविरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गराएको छ।  उजुरीमा भनिएको छ, ‘बिना कारण जातीय टिप्पणी गर्दै निरन्तर गाली गर्न थालेपछि विद्यार्थीहरूले आपत्ति जनाउँदा पनि शर्माले धम्की दिने शैलीमा बोले।’

Laxmi sunrise bank 2034

समाजका अध्यक्ष अमृत विकले जातीय विभेद जस्तो गम्भीर विषयमा चुप लागेर बस्न नसकिने बताएका छन्। ‘शैक्षिक स्थलमा गुरुबाटै जातीय अपमान हुनु दुखद छ। दोषीमाथि कडा कारबाही नभए हामी आन्दोलनमा उत्रिन्छौँ ।’

समाजले डा. शर्मालाई तत्काल पदबाट बर्खास्त गर्न र कानुनी कारबाही अघि बढाउन माग गरेको छ। विकले आवश्यक परे अदालतको ढोका ढकढक्याउन पछि नपर्ने चेतावनीसमेत दिएका छन्।

भएको के थियो ?

क्याम्पसको व्यवस्थापन संकाय अन्तर्गत एमबिए फाइनन्स विषयको शैक्षिक अवलोकन भ्रमण अन्तर्गत विषय शिक्षक डा. देविलाल शर्मा, राजेन्द्र सुवेदी र धुर्वकुमार बुढाथोकीको नेतृत्वमा गएको भ्रमणमा डा. देविलाल शर्माबाट क्याम्पसका विद्यार्थी अमन परियारमाथि जातिय हिसाबमा अपमानजनक शब्दहरु प्रयोग भएको हो।

उक्त भ्रमणमा निलम्बित उपप्राध्यापक शर्माले ‘दमै …को लेडो, जात नभएको भन्दै अपशब्द प्रयोग गरिएको, दमैले जात जनायो, विशाल दमैको संगतले दमैनै भयो, तँ दमै के गर्न सक्छस् गर’ भन्दै परियारमाथि अपमान गरेका थिए।

पीडित विद्यार्थीले आपत्ति जनाउँदा समेत उनलाई ‘शैक्षिक प्रमाण पत्र पोखरामा नबिक्ने, पोखराबाट नै गायब गर्छु, लोकसेवाको कपि मैले जाच्ने हो, तलाईं जान्या छु, एनक्यु (नन ग्रेड) लगाएर तलाईं कहि न कतैको बनाइदिन्छु; भनि धम्कि दिएको परियारले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank