सिंहदरबारमा ओली-देउवाबीच भेटवार्ता

दलित अनलाइन बैशाख १८, २०८२

काठामडौं   — सत्तारुढ दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा भेटवार्ता भएको छ।

बिहीबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो।

भेटवार्तामा पछिल्ला राजनीतिक घटनाक्रम र संक्रमणकालीन न्यायको विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Laxmi sunrise bank 2034

प्रधानमन्त्रीको सचिवलायले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पनि सहभागी भएको प्रचार गरेको थियो। तर, उनी बैठकमा सहभागी नभएको स्रोतले बतायो।

माओवादी नेताहरूले भने अध्यक्ष प्रचण्डलाई बदनाम गराउन सहभागी भएको प्रचार गरिएको आरोप लगाएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank