शिक्षकलाई भर्ना र परीक्षामा लाग्न महासङ्घको निर्देशन

दलित अनलाइन बैशाख १७, २०८२

काठमाडौं  — नेपाल शिक्षक महासंघ र सरकारबीच विद्यालय शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने लिखित सहमति भएसँगै विगत २९ दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलन स्थगित भएको छ।

सहमति मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि महासंघले बुधबारदेखि सम्पूर्ण शैक्षिक हड्ताल र सडक प्रदर्शनका कार्यक्रम फिर्ता लिएको छ।

नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलावहादुर थापाद्वारा जारी विज्ञप्तिअनुसार, बिहीबारदेखि देशभरका सामुदायिक विद्यालयमा भर्ना, नियमित कक्षा सञ्चालन र परीक्षासम्बन्धी कार्य सुचारु हुने भएको छ।

Laxmi sunrise bank 2034

“शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकहरूबाट असार १५ भित्र विधेयक पारित गर्ने लिखित प्रतिबद्धता आएको छ। मन्त्रिपरिषद्ले केही माग सम्बोधन गर्ने निर्णय गरेकोले आन्दोलन स्थगित गरेका छौं,” विज्ञप्तिमा उल्लेख छ।

सहमतिअनुसार, सङ्घीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ लाई चालू अधिवेशनमा पारित गराउन सरकार र संसदीय समिति प्रतिबद्ध छन्।

विधेयकमाथि सैद्धान्तिक छलफल सम्पन्न भई शिक्षा समितिमा पठाइएको छ। जहाँ उपसमितिले दफाबार छलफल गरिरहेको छ। महासंघले तोकिएको समयमा ऐन जारी नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ।

महासंघले विगतमा सरकारसँग भएका सहमति र समझदारीलाई आधार बनाएर यो सहमति जुटाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank