काठमाडौं — नेपाल शिक्षक महासंघको आह्वानमा आन्दोलनतर शिक्षक र सरकारबीच सहमति भएको छ । आज (बुधबार) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयमा भएको वार्तामा सहमति जुटेको हो । सरकारी पक्षले शिक्षकले राखेका नौ बुँदे माग मन्त्रिपरिषद्मा लगेर पास गर्ने सहमति भएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ ।

आफूहरुसँग विगतमा भएका सहमतिको पूर्ण कार्यान्वयन गर्दै तत्काल शिक्षा ऐन जारी हुनुपर्ने मागसहित देशभरका सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरु विगत २९ दिनदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् ।
शिक्षकका नौ बुँदे हेरौं



























Leave a Reply