वर्तमान शासन व्यवस्थाको विकल्प छैन : प्रचण्ड

दलित अनलाइन बैशाख १६, २०८२

काठमाडौं  — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान व्यवस्थाको विकल्प पुरानो व्यवस्था हुन नसक्ने बताएका छन् ।

जनतासँग माओवादी कार्यक्रमअन्तर्गत तराई–मधेश जागरण हुलाकीमार्ग अभियानका क्रममा कैलालीको टीकापुर नगरपालिका– ९ झुँगामा मंगलबार आयोजित खबरदारी सभामा उनले जनताको ठुलो बलिदान र त्यागबाट जनताको सार्वभौम अधिकार स्थापित भएको बताउँदै त्यसको विकल्पमा अर्को व्यवस्था हुनै नसक्ने बताए ।

Laxmi sunrise bank 2034

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आँच आउने गतिविधि हुन नदिन सबै राजनीतिक दल र सम्पूर्ण नेपाली जनता एकताबद्ध हुनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले संविधान कार्यान्वयन तथा आवश्यकताअनुसार संशोधन पनि गर्नुपर्ने बताए ।

देश विकासको जनचाहना पूरा गर्न सरकार पनि इमानदारीपूर्वक लाग्नुपर्ने उनको सुझाव थियो । उनले जनभावनाअनुसार काम गर्न र आन्दोलनरत पक्षका जायज माग पूरा गर्न सरकारलाई आग्रहसमेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank