सत्ता गठबन्धनमा कुनै समस्या छैन : सभापति देउवा

दलित अनलाइन बैशाख १२, २०८२

काठमाडौं  —नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बतएका छन्।

थाइल्यान्ड भ्रमणबाट काठमाडौं फर्कने क्रममा शुक्रबार विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा देउवाले उक्त भनाई राखेका हुन् । सभापति देउवाले गठबन्धन जसरी पनि टिक्ने बताए। सञ्चारकर्मीसँग पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन।’

साथै, देउवाले आफूलाई सत्ता समीकरण परिवर्तन हुने कुरा थाहा नभएको समेत बताए। देउवाको प्रतिक्रिया थियो, ‘सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो, मलाई थाहा छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank