प्रधानमन्त्रीले असहयोग गरेपछि शिक्षामन्त्रीले दिइन् राजीनामा

दलित अनलाइन बैशाख ८, २०८२

काठमाडौं  — शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट उच्च स्रोतले बतायो।

आजै बस्ने मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गर्ने सम्भावना रहेको स्रोतले बतायो। शिक्षकहरूको माग सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओली अनुदार देखिएको र शिक्षा विधेयक पारित गराउँन असहयोग गरेको भन्दै उनी असन्तुष्ट थिइन्।

Laxmi sunrise bank 2034

केहिदिनअघि पार्टीनिकट प्राज्ञिक व्यक्तित्वहरूसँगको छलफलमा भट्टराईले शिक्षकका माग पूरा गर्न ओलीले नचाहेको र उदासिन देखिएको भन्दै असन्तुष्टि जनाएकी थिइन्। शिक्षकहरूले उठाएका कतिपय जायज मुद्दाहरूमा ओली अराजक शैलीमा प्रस्तुत भएको भन्दै उनी असन्तुष्ट रहेको बुझिएको छ।

शिक्षा ऐन जारी गर्न ओलीले असहयोग गरेको भन्दै उनले आफूनिकटहरूसँग राजीनामाको संकेत गरिसकेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank