आनन्दीदेवी सदायको शव बुझ्न परिवारलाई प्रहरीको दबाब

दलित अनलाइन बैशाख ३, २०८२

सिरहा —  यौन दुर्व्यवहार घटनामा न्याय नपाएपछि मृत भेटिएकी सिरहाको नवराजपुर गाउँपालिका-३ दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदायको शव बुझ्न परिवारलाई प्रहरीले दबाब दिएको खुलेको छ।

आनन्दीदेवी मंगलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। प्रहरीले शव परीक्षणका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको छ । तर, पीडित परिवारले शव बुझेका छैनन्।

घटनाका दोषी तथा दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आलटाल गर्ने प्रहरीमाथि छानबिन र कारबाही हुनुपर्ने माग पीडित परिवार तथा दलितका अगुवाहरूको छ।

Laxmi sunrise bank 2034

शव बुझ्न नमानेपछि सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्मा, इलाका प्रहरी कार्यालय, महेशपुर पतारका प्रहरी निरीक्षक रविनराज मैनालीलगायतका प्रहरी अधिकारी बुधबार बिहान पीडितको घरमै पुगेका थिए।

उनीहरूले आफूलाई प्रहरीकै गाडीमा हिँड्न र अस्पताल गएर शव बुझ्न दबाब दिएको आनन्दीकी आमा बिल्टौन सदायले बताइन्।  ‘उहाँहरूले सँगै गाडीमा हिँड्न र शव बुझ्न भन्नुभयो,’ उनले भनिन्, ‘तर, यसमा संलग्नलाई कारबाहीको ठोस प्रतिवद्धता आउनुपर्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank