सप्तरीमा दलित युवतीको हत्या भएको आशंका : शव पोखरी किनारमा फेला

रामनाथ राम बैशाख ३, २०८२

सप्तरी —  सप्तरीको सुरुङ्गा नगरपालिका–७ की १९ वर्षीया दलित युवती पूजा कुमारी रामको अपहरणपछि हत्या भएको आशंका गरिएको छ। नयाँ वर्षको रात हराएकी पूजाको शव भोलिपल्ट बिहान घर नजिकैको पोखरी किनारमा घाँसपातले छोपिएको अवस्थामा फेला परेको हो।

परिवारका अनुसार नयाँ वर्षको रात पूजाकी आमा अष्टजाम कार्यक्रममा गएकी थिइन्। घरमा पूजा आफ्ना १२ वर्षीय भाइसँग मात्र थिइन्। आमाको अनुपस्थितिमा पूजा अपहरणमा परेकी थिइन् भन्ने परिवारको दाबी छ।

Laxmi sunrise bank 2034

“शव हेर्दा जबरजस्ती र हिंसाको सङ्केत देखिन्छ,” सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र कुमार बस्नेतले प्रारम्भिक जानकारी दिँदै भने, “तर पोष्टमार्टम रिपोर्ट नआएसम्म ठोस रूपमा केही भन्न सकिन्न।”

पोखरीको छेउमा फेला परेको शव पूजा कुमारी रामको भएको पुष्टि भएको छ। घटनाको जानकारी पाउने बित्तिकै प्रहरी चौकी धाँटीबाट टोली खटिएको थियो। जिल्ला प्रहरी कार्यालय सप्तरी, इलाका प्रहरी कार्यालय कडरबोना तथा मधेस प्रदेश प्रहरी कार्यालयको केनाईन शाखाको टोली समेत घटनास्थलमा परिचालित गरिएको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

घटनास्थल सुरुङ्गा–७ स्थित कुसुमलाल साहको पोखरी क्षेत्र हो, जुन पूजाको घरदेखि करिब ५०० मिटर टाढा पर्छ। प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।

मधेसमा पछिल्ला वर्षहरूमा दलित समुदायका किशोरी र महिलामाथि हुने बलात्कार, हत्या र हिंसाका घटनाहरू दोहोरिइरहेका छन्। तर, यस्ता घटनामा पीडितलाई न्याय दिलाउने प्रक्रिया सुस्त र अन्यायपूर्ण भएको भन्दै मानव अधिकारकर्मीहरूले आलोचना गर्दै आएका छन्।

पूजाको परिवारले दोषीलाई कडा कारबाहीको माग गरेको छ। तर, घटनापछि उनीहरू अझ असुरक्षित महसुस गरिरहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank