समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने परम्पराले ईद अझ अर्थपूर्ण : प्रधानमन्त्री

दलित अनलाइन चैत्र १८, २०८१

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना दिएका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत ईद पर्वको अवसरमा सबैलाई शुभकामना दिएका हुन्। ‘आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईद, एक महिना लामो रोजा व्रत पूरा भएको छ,’ सन्देशमा भनिएको छ, ‘रोजा पूरा भएको खुसियालीमा इस्लाम समुदायले आज इदुल फित्र मनाउँदै छन्, ईद पर्वको अवसरमा सबैलाई शुभकामना।’

Laxmi sunrise bank 2034

इस्लाम धर्मावलम्बीको एक महत्त्वपूर्ण पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ। समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने परम्पराले यस चाडलाई अझ अर्थपूर्ण बनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank