महायज्ञ प्रकरण : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई धरौटीमा छाड्न आदेश

दलित अनलाइन चैत्र १५, २०८१

सिरहा —  सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञका नाममा दलितमाथि भएको ज्यादती घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई धरौटीमा रिहा गर्ने आदेश दिइएको छ ।

सिरहा जिल्ला अदालतले जनही एक लाख रुपैयाँ धरौटी लिएर उनीहरूलाई छाड्ने आदेश दिएको हो । अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासले शुक्रबार प्रहरी हिरासतमा रहेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवसँग जनही एक लाख रुपैयाँ धरौटी लिने र थुनामुक्त गर्ने आदेश दिएको अदालतका शाखा अधिकृत समीर कुलुङले जानकारी दिए ।

Laxmi sunrise bank 2034

महायज्ञका नाममा फागुन १० मा अछूत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले डोजर लगाएर भत्काइदिएका थिए । घटनाका आरोपितहरु यसरी धरौटीमा रिहा गर्ने आदेश दिइएको भन्दै दलित अधिकारकर्मीहरु आक्रोशित बनेका छन् ।

उनीहरू बाहिरै बसेर मुद्दा लड्ने हुँदा पीडकहरु उम्कन सक्ने र पीडितहरुले न्याय पाउने आशा कमजोर हुने भएको भन्दै उनीहरुलाई यस्तो आदेश दिनु नै घटना दबाउन चलखेल भएको दलित अधिकारकर्मीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank