महायज्ञ प्रकरण : दीपक मलिकको घर प्रदेश सरकारले बनाइदिने

दलित अनलाइन चैत्र १५, २०८१

सिरहा —  महायज्ञको नाममा  घर भत्काएर उठीबास लगाइएका दलित दीपक मलिकको घर प्रदेश सरकारले  बनाउने भएका छ ।

सिरहाको औरही गाउँपालिका– ५ का दीपक मलिकले मंगलबार आवास बन्दोबस्त गरिदिन माग गर्दै दलित अगुवासहित मुख्यमन्त्री सिंहलाई जनकपुर गएर भेटेका थिए ।

एक साताभित्रै घर निर्माण सुरु गर्न सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताएका छन् ।  ‘पीडित परिवार मकहाँ आउँदा नै मैले घर बनाइदिने प्रतिबद्धता गरेको थिएँ,’ मुख्यमन्त्री सिंहले भने, ‘अब एक साताभित्रै काम सुरु हुनेछ ।’

मदन भण्डारी आवास कार्यक्रममार्फत उनको घर बन्ने भएको हो । मधेश सरकारको ५ लाख ६० हजार लागतमा निर्माण हुने उक्त घरमा दुई कोठा, भान्सा र शौचालय हुनेछ ।

 

Laxmi sunrise bank 2034

मलिकले जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा तीनै जनाविरुद्ध गत शनिबार जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका छन् । जातीय छुवाछुत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै प्रतिवादीहरूलाई कानुनबमोजिम कारबाही हुनुपर्ने र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग जाहेरीमा गरिएको छ ।

घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष गत शुक्रबार नै पक्राउ परिसकेका छन् । उनीहरू जिल्ला प्रहरी कार्यालय, सिरहाको हिरासतमा छन् ।

जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । प्रहरीले अनुसन्धान थालेको ६ दिनमै पूरा गरी प्रतिवेदन बिहीबार सरकारी वकिललाई बुझाएको छ । सरकारी वकिलले अभियोगपत्र दायर गरेपछि जिल्ला अदालतमा थुनछेक बहस हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank