गणतन्त्रवादी र राजावादी आमने–सामनेमा शक्ति प्रदर्शन गर्दै

दलित अनलाइन चैत्र १५, २०८१

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल माओवादीसहित एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चाले शुक्रबार (आज ) राजधानीमा बृहत् जनप्रदर्शन गर्दै छ ।

सरकारको कुशासन र व्यवस्थाको रक्षाका निम्ति भन्दै मोर्चाले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा जनप्रदर्शन गर्न लागेको हो ।

Laxmi sunrise bank 2034

राजसंस्था पुनस्र्थापनाको माग लिएर राजावादीको सक्रियता बढेपछि मोर्चाले पनि व्यवस्थाको रक्षा र सरकारको कुशासनविरुद्ध भन्दै सडकमा आन्दोलन रोजेको छ । सरकारको कुशासनका कारण पनि राजावादीलाई बल मिलेको मोर्चाको ठहर छ ।

मोर्चाका नेताहरूले जनप्रदर्शनमा एक लाखभन्दा बढी सहभागी हुने दाबी गरेका छन् । प्रदर्शनीमार्ग प्रवेश गर्ने मुख्य सडकमा हुने सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ले सम्बोधन गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank