आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइँदै

दलित अनलाइन चैत्र ८, २०८१

काठमाडौँ — आज २१ मार्च अर्थात् अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस । संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय तथा रंगभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरेकोमा त्यसयता हरेक वर्ष २१ मार्चलाई विश्वभर विविध कार्यक्रम गरी जातीय विभेद उन्मुलन दिवसको रुपमा मनाउने गरिन्छ।

‘सवै किसिमका जाती तथा रंगभेद उन्मूलन सम्वन्धी अन्तर्राष्ट्रिय महासन्धि जारी भएको यस वर्ष ६० बर्ष’ भन्ने मूल नाराका साथ दिवसको सन्दर्भमा नेपालमा पनि दलित नागरिक समाज र संघसंस्थाहरूले विभिन्न कार्यक्रम गरी आज २१ मा र्च अर्थात् अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस जातीय विभेदको अवस्था र उन्मूलनका विषयमा छलफल गर्दैछन्।

Laxmi sunrise bank 2034

हरेक वर्ष मार्च २१ का दिन अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस मनाइन्छ। सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिल्लेमा  रगंभेदी कानुनविरुद्ध भएको शान्तिपूर्ण जनप्रदर्शनमा राज्यसत्ताले ६९ जनाको हत्या ग-यो भने ३ सयभन्दा बढी आन्दोलनकारीलाई घाइते भए । यस नरसंहारविरुद्ध विश्व मानव समुदायको निरन्तर खबरदारी र ऐक्यबद्धताका कारण सन् १९६६ मा संयुक्त राष्ट्रसंघलेसबै प्रकारका जातीय विभेद उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिपारित गर्दै मार्च २१ लाई दिवसकारूपमा घोषणा ग-यो।

नेपालमा भने यो दिवस २०४६ सालको परिवर्तनपछि मात्र मनाउन थालिएको हो। नेपालको संविधान ०७२ ले छुवाछुत विरुद्धको हक र दलितको हक गरी दुई वटा मौलिक हकको व्यवस्था गरे पनि व्यवहारमा भने न ती मौलिक हकहरूको कार्यान्वयन भएको छ, न त ती सम्बन्धित कानुनहरू नै बनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank