राष्ट्रिय सुरक्षामा देखिएका नयाँ नयाँ आयामलाई मनन् गर्न प्रधानमन्त्रीको जोड

दलित अनलाईन २८ फाल्गुन २०८१, बुधबार ११:१९

काठमाडौं —  नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जानुमा सरकार बेथिति र बिचलनका कारण अहिले राजावादीहरूको आन्दोलन बढ्दै गएको बताएका छन्। उनले त्यसमा देश बाहिर र भित्रका चलखेलहरू रहेको पनि बताए।

‘देशभित्र र बाहिरका चलखेल मिसिएक छन्। यसखालका चलखेल आजमात्रै भएका होइनन्। यस्ता चलखेल हिँज पनि अस्ती पनि थिए’ उनले भने ‘तर पछिल्ला आठ महिना सरकारमा रहेकाहरूले शासकीय शैली र त्यसबाट उत्पन्न असन्तुष्टी नै त्यसको मूल कारण हो भन्नेमा अब शंका छैन। वर्षौंसम्म बन्द कोठामा रहेकाहरू आज सडकमा राजा मागिरहेका छन्।’

Laxmi sunrise bank 2034

उनले सरकार अब जनतासामु जान डराइरहेको भन्दै त्यसको नैतिकता पनि गुमाइसकेको आरोप लगाए।

‘सरकारले जनतासँग संवाद गर्ने समर्थ्य गुमाएको हो कि संवाद गर्नै नचाहेको हो? सरकारको विश्वसनियता सकिएकै कारण राजतन्त्रवादीहरू जागेका छन्’ प्रचण्डले भने ‘सरकारको दुई तिहाइको घोडा सरकारका मन्त्री र प्रधानमन्त्रीले चलाएको देखेको छैन। त्यो त बिचौलियाहरूले चलाइहरेका छन्। सत्ताको ड्राइभिङ सिटमै बिचौलिया छन्। बिचौलियाकै आँट र शक्तिले इमान्दार व्यवसायीलाई बिचरो बनाएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank