
काठमाडौं — मुक्त हरवाचरवाको न्यायिक पुनर्स्थापनाको माग सहित शुरु भएको १ महिने जागरण अभियानले स्थानीय तह सरकारका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाउँदै न्यायिक पुनर्स्थापनाका लागि विभिन्न कार्यक्रम गदै खबरदारी गरिहेको छ ।
फागुन १८ गतेबाट अभियान शुरु भएको १ महिने जागरण अभियान स्थानीय तह सरकारका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाउँदै न्यायिक पुनर्स्थापनाका लागि विभिन्न कार्यक्रम गदै खबरदारी गरिरहेको हो ।
मधेश प्रदेशका ८ जिल्लाका ३२ पालिकाहरुमा १ महिने जागरण अभियान अन्तरगत आगामी आन्दोलन निर्माण गर्न रणनीतिक कार्यशाला सम्पन्न गरिसकेको छ ।
‘मुक्त हरवाचरवाको न्यायिक पुनस्र्थापना हाम्रो सरोकार । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार भन्ने मुल नाराका साथ १ महिने जागरण अभियान अन्तरगत पहिलो चरणको विभिन्न खबरदारी कार्यक्रम गदै स्थानीय तह सरकारमा विभिन्न दबावमूलक कार्यक्रम गर्दै आएको छ ।
पुनर्स्थापनाको लागि मुक्त हरवाचरवा जागरण अभियान अन्तरगत आगामी आन्दोलन निर्माण गर्नका लागि महोत्तरीको बर्दिबासमा २ दिने रणनीतिक कार्यशाला शुरु भएको छ ।
मधेश प्रदेशका ८ वटै जिल्लाहरु (सप्तरी, सिराहा, धनुषा, रौतहट, सर्लाही, रौतहट, बारा र पर्सा) मा रहेका मुक्त हरवाचरवा अधिकार मञ्चका अगुवाहरुको सहभागितामा सञ्चालन गरिएको उक्त गोष्ठीको उदघाटनका अवसरमा आफनो विचार राख्दै राष्ट्रिय दलित नेटवर्क संरक्षक एवं सुदुरपश्चिम प्रदेश सरकार नीति तथा योजना आयोगका पुर्व उपाध्यक्ष गणेश बिश्वकर्माले सामुहिक रुपमा स्थानीय तह सरकारलाई दबाव श्रृजना गरिनुपर्ने कुरा औल्याए ।
विश्वकर्माले हरवाचरवाहरु युगौदेखि दासत्वबाट पीडित हुनु भएकोले उनीहरुको पहिचान,प्रतिनिधित्व र सामाजिक सुरक्षा मार्फत सम्मान, संरक्षण र परिपुर्ति गनुपर्ने दायित्व राज्यको भएकोले यसतर्फ गम्भीर हुनुपर्ने बताए ।
नेपालमा अहिलेसम्म पनि लाखौको संख्यामा रहेका कृषी बधुवा मजदुरहरुः मुक्त हरवाचरवाहरुको सवाललाई दिगो बिकास लक्ष्य २०३० संग जोडेर एकिकृत त्याकेज निर्माण गरि कार्ययोजना मार्फत उनीहरुको न्यायिक पुनर्स्थापनाका लागि हुनुपर्नेमा विश्वकर्माले जोड दिए ।
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्दीय अध्यक्ष एवं राष्ट्रिय कृषि बधुवा मजदुर संघर्ष समितिका संयोजक दशनलाल मण्डलले स्थानीय तहलाई जिम्मेवारी र हक प्रदान गर्दै मुक्त हरवा चरवाको लगत संकलन र परिचय पत्र वितरण कार्य यसै आर्थिक वर्षमा प्रारम्भ गरिनुपर्ने बताए ।
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्दीय कोषाध्यक्ष राजवती मण्डलले सरकारले आफना मागहरु समयमै पुरा नगरे आफुहरु कडा आन्दोलन गर्न बाध्य हुने र त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताइन् ।
द फ्रिडम फण्डका कार्यक्रम सल्लाहकार ब्रहमदेव रामले मुक्त हरवाचरवाको आगामी अभियानलाई स्वतःस्फुर्त रुपमा अगाडी बढाउनका लागि मुक्त हरवाचरवाका संघ, संगठनहरु क्रियाशिल हुनुपर्ने कुरामा जोड दिए ।
आन्दोलनलाई सशक्त रुपमा अगाडी लैजानका लागि सबै मुक्त हरवाचरवाका अगुवाहरुले आ(आफनो समाजबाटै मौनताको संस्कृतीलाई तोडनका लागि पछाडी नहटनका लागि आग्रह गरे ।
स्थानिय स्तरमा सञ्चालन भईरहेको जागरण अभियानको सहभागिमूलक समिक्षा सहित प्रदेश र संघीय स्तरमा सञ्चालन गरिने आन्दोलनको खाका समेत निर्माण भई अनुमोदन गरिनेछ । कार्यक्रममा संगठन निर्माण, परिचालन र सवलीकरणका साथै सवालमा आधारित नीतिगत जनवकालत, कृषि बधुवा मजदुरहरुको सवाल र संबैधानिक र कानुनी प्रावधान, नेतृत्व विकास र आन्दोलन निर्माणका विषयमा छलफल भई आगामी ६ महिने आन्दोलनको कार्यान्वयन योजना निर्माण गरिनेछ ।
जागरण अभियान अन्तरगत पहिलो चरणमा सप्तरीको कञ्चनरुप नगरपालिका, सिराहाको औरही गाऊँपालिका, बरियारपटटी गाऊँपालिका, धनगढीमाई नगरपालिका र लहान नगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका, शहिदनगर नगरपालिका, महोत्तरीको जलेश्वर नगरपालिका, सर्लाहीको ब्रहमपुरी गाऊँपालिका, चन्द्रनगर गाऊँपालिका, हरीपुर नगरपालिका र ईश्वरपुर नगरपालिका, रौतहटको बिन्द्रावन नगरपालिका र कटहरीया गाऊँपालिका, बाराको करैयामाई गाऊँपालिका, बारागढी गाऊँपालिका, कोल्भी नगरपालिका र जीतपुर सिमरा उपहानगरपालिका र पर्साको पकहामैनपुर गाऊँपालिकामा जागरण अभियान सम्पन्न भइसकेको छ ।
Leave a Reply