
काठमाडौं — आज ११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । नेपालमा विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ। महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ।
श्रमिक महिला दिवसकै अवसरमा शनिबार बिहान माइतीघर मण्डलामा भव्य र्याली निकालिएको छ। र्यालीमा विभिन्न पेशा–व्यवसामा आबद्ध महिलाहरू सहभागी थिए।
Leave a Reply