
काठमाडौं— संयुक्त राजनीतिक दलित संघर्ष समितिले निर्वाचन कानुनलाई दलितमैत्री बनाउनका पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि सरकारसँग माग छ ।
विभिन्न राजीतिक दल आवद्ध बाह्रवटा दलित घटक सङ्गठनको फागुन १२ गते सम्पन्न र्बैठकले निर्वाचन कानुनलाई दलितमैत्री बनाउनका पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि सरकारसँग माग गरेको हो ।
बैठकले संघर्ष समितिको संयोजक तथा नेपाल दलित सङ्घका अध्यक्ष लोकबहादुर विश्वकर्माको अध्यक्षता र राजनीतिक पार्टीका बाह्रवटा दलित घटक सङ्गठनका अध्यक्षसहित प्रत्येक सङ्गठनबाट तीन–तीन जना प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न बैठकले गरेका निर्णयहरु विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।
विज्ञप्तिमा भनिएको छ ,‘ दलित समुदायमाथि श्रृङ्खलाबद्ध रुपमा भइरहेका छुवाछूत, विभेद, अपमान, हत्या, बलात्कार, वहिष्कार र अपशब्द प्रयोगका घटनाप्रति बैठकले घोर आपत्ति प्रर्कट गरेको छ । यस्ता घटनाहरु रोक्न, पीडितलाई न्याय दिन र दोषीलाई कारवाही गर्न वैठकले सरकारसँग जोडदार माग गरेको छ । यसका बिरुद्ध योजनाबद्ध र स्वतस्फूर्त आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको छ ।’
संयुक्त राजनीतिक दलित संघर्ष समितिका संयोजक तथा नेपाल दलित मुक्ति मोचाका अध्यक्ष दलजीत श्रीपालीबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ ,‘ सर्लाहीका सत्येन्द्र राम र नेहा रौनियारको वैधानिक विवाहित जोडीलाई छुटाउन राज्य संरक्षित ज्यादतीको बैठकले विरोध गरेको छ । यस घटनामा प्रहरी प्रशासन र गृहमन्त्री संलग्नता रहेको विषयमा प्रकाशित समाचारप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको, सो घटनाका दोषीलाई कारवाहीका लागि संसदीय छानविन समिति गठन गर्न र पीडित विवाहित जोडीको न्याय तथा संरक्षणका लागिसर सरकारसँग जोडदार माग गरेको छ । त्यस्तै सिराहाकी रिंकुकुमारी सदायको बलात्कारपछि हत्या भएको घटनासम्बन्धमा र म्याग्दीकी मिना परियारको हत्या सम्बन्धमा पीडितलाई उचित न्याय र दोषीलाई कडा कारवाहीको माग गरेको छ । त्यस्तै प्रेम विवाहकै कारण मारिएका काभ्रेका अजित मिजारको लामो समयदेखि शिक्षण अस्पतालमा रहेको उनको शवलाई दाहासंस्कार गर्नका लागि पीडित परिवारसँग थप परामर्श गरी उचित न्याय दिन सरकारसँग जोडदार माग गरेको छ । ’
२०८१/११/१४ गते
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिबाट जारी प्रेस विज्ञप्ति
नेपालका राजनीतिक दलका अधिकांश दलित घटक सङ्घ, सङ्गठनका न्युनतम साझा मुद्धाहरूका आधारमा गठन भई विगत दुई दशकअगाडि देखि क्रियाशील रहँदै आएको संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको पूर्ण बैठक यही २०८१ फागुन १२ गते काठमाडौंमा सम्पन्न भयो । समितिका संयोजक तथा नेपाल दलित सङ्घका अध्यक्ष लोकबहादुर विश्वकर्माको अध्यक्षता र राजनीतिक पार्टीका बाह्रवटा दलित घटक सङ्गठनका अध्यक्षसहित प्रत्येक सङ्गठनबाट तीन–तीन जना प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न बैठकले लिएका निर्णयहरू सार्वजनिकरणका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१. नेपाल दलित सङ्घका अध्यक्ष तथा सङ्घर्ष समितिका संयोजक लोकबहादुर विश्वकर्मा नेतृत्को कार्यकालमा सङ्घर्ष समितिको नयाँ आचारसंहिता र साझा माग जारी गरेको, संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको समिक्षा गरिएको, २१ मार्च, जेष्ठ २१, संविधान दिवसको अवसरमा उच्चस्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको, विभिन्न सन्दर्भमा प्रधानमन्त्री, गृहमन्त्री तथा राजनीतिक दलका नेतृत्वसमक्ष डेलिगेसन गएको र सङघर्ष समिति दलित आन्दोलनको मियो बन्न सफल भएको निश्कर्ष निकालियो । र केही कमिकमजोरीका बाबजुद पनि उहाँको १७ महिने कार्यकाल मूलभूत रुपमा सफल भएको निश्कर्ष निकालियो । उहाँले आफ्नो कार्यकालमा देखाउनुभएको उच्च लोकतान्त्रिक राजनीतिक संस्कार, सक्रियता, समन्वय र पहलका लागि बैठकले धन्यवाद ज्ञापन ग¥यो ।
२. समितिको आचारसंहिताअनुसार संयोजक लोकबहादुर विश्वकर्माको कार्यकाल समाप्त भएकाले स्वतः अर्को घटक सङ्गठनले नेतृत्व गर्ने व्यवस्थाअनुसार नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत श्रीपालीले अबको कार्यकालको संयोजकको भूमिका संहाल्ने प्रस्तावलाई बैठकले सर्वसम्मत पारित ग¥यो । त्यसपछि समितिका संयोजक दलजित श्रीपालीले नेपाली दलित मुक्ति आन्दोलनले दिएको कार्यभारलाई पुरा गर्न आफ्नो कार्यकाल पूर्ण रुपमा सफल हुने विश्वास गर्दै त्यसका लागि सबै पक्षबाट साथ र सहयोगका लागि अपिल गर्दै प्रतिबद्धता व्यक्त गर्नुभयो । निवर्तमान संयोजक तथा नेपाल दलित सङ्घका अध्यक्ष लोकबहादुर विश्वकर्माले संयोजक दलजित श्रीपालीलाई अंकमाल र खादा लगाइदिंदै बधाई तथा शुभकामना दिनुभयो र समितिको माइन्युट हस्तान्तरण गर्नुभयो ।
३. बैठकले समितिलाई थप जुझारु, एकताबद्ध र गतिशील रुपमा क्रियाशील गराउन समिति संयोजक दलजीत श्रीपालीको नेतृत्वमा सबै सङ्गठनका अध्यक्ष रहनेगरी एक सचिवालय समिति गठन ग¥यो । सचिवालयलाई सहयोग पुर्याउन मन्जित ताम्राकार, पदम विश्वकर्र्मा, श्याम सुनार, शंकर सुनार, शोभा सेन्चुरी, टेक घतानी र सविन नेपाली रहेको आठ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले दिएको सुझाव र प्रतिवेदनका आधारमा आवश्यक छलफल र परामर्श गरी सचिवालयले आगामी कार्यक्रमहरू तय गर्ने निर्णय गरिएको छ ।
४. बैठकले आगामी दिनमा निरन्तर सङ्घर्षका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ ।
जसअनुरुप पहिलो चरणका कार्यक्रम तपशील बमोजित निर्धारण गरिएको छ : (क) यही २०८१ फागुन २४ गते अन्तराष्ट्रिय महिला दिवस (८ मार्च)का सन्दर्भमा दलित महिला आन्दोलनका राजनीतिक मुद्धाबारे अन्तरक्रिया÷छलफल गर्ने । (ख) २०८१ फागुन २९ गते दलित आन्दोलनको समिक्षासहितको राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने । (ग) २०८१ चैत्र ८ मा अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस (२१ मार्च)लाई भव्यताका साथ सङ्घर्षको रुपमा मनाउने । (घ) प्रस्तावित निर्वाचन कानुनलाई दलितमैत्री बनाउनका पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि सरकारसँग माग गर्ने निर्णय गरिएको छ । यसका लागि सबै पक्षसँग अन्तरक्रिया:-छलफल गर्ने र दबाव श्रजना गर्ने निर्णय गरिएको छ । (ङ) दलित समुदायमाथि श्रृङ्खलाबद्ध रुपमा भइरहेका छुवाछूत, विभेद, अपमान, हत्या, बलात्कार, वहिष्कार र अपशब्द प्रयोगका घटनाप्रति बैठकले घोर आपत्ति प्रर्कट गरेको छ । यस्ता घटनाहरु रोक्न, पीडितलाई न्याय दिन र दोषीलाई कारवाही गर्न वैठकले सरकारसँग जोडदार माग गरेको छ ।
यसका बिरुद्ध योजनाबद्ध र स्वतस्फूर्त आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको छ । (च) सर्लाहीका सत्येन्द्र राम र नेहा रौनियारको वैधानिक विवाहित जोडीलाई छुटाउन राज्यसंरक्षित ज्यादतीको बैठकले विरोध गरेको छ । यस घटनामा प्रहरी प्रशासन र गृहमन्त्री संलग्नता रहेको विषयमा प्रकाशित समाचारप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको, सो घटनाका दोषीलाई कारवाहीका लागि संसदीय छानविन समिति गठन गर्न र पीडित विवाहित जोडीको न्याय तथा संरक्षणका लागिसर सरकारसँग जोडदार माग गरेको छ ।
त्यस्तै सिराहाकी रिंकुकुमारी सदायको बलात्कारपछि हत्या भएको घटनासम्बन्धमा र म्याग्दीकी मिना परियारको हत्या सम्बन्धमा पीडितलाई उचित न्याय र दोषीलाई कडा कारवाहीको माग गरेको छ । त्यस्तै प्रेम विवाहकै कारण मारिएका काभ्रेका अजित मिजारको लामो समयदेखि शिक्षण अस्पतालमा रहेको उनको शवलाई दाहासंस्कार गर्नका लागि पीडित परिवारसँग थप परामर्श गरी उचित न्याय दिन सरकारसँग जोडदार माग गरेको छ ।
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिकामा आबद्ध घटक सङ्घ :- संगठनहरू १. लोकबहादुर विश्वकर्मा, अध्यक्षः नेपाल दलित सङ्घ २. मनोहर पौडेल विश्वकर्मा, अध्यक्षः नेपाल उत्पीडत जातीय मुक्ति समाज ३. दलजीत श्रीपाली, अध्यक्षः नेपाल दलित मुक्ति मोर्चा ४. रामऔतार पासवान, अध्यक्षः नेपाल दलित मुक्ति सङ्गठन ५. रामलाल सी, अध्यक्षः श्रमिक समुदाय मोर्चा नेपाल ६. राजेश विश्वकर्मा, अध्यक्षः जातीय समता समाज ७. टेकबहादुर वि.क., संयोजकः एकीकृत दलित मुक्ति मोर्चा ८. प्रदिप घताल: समाजवादी दलित मुक्ति सङ्गठन ९. गजाधर सुनारः नेपाल समाजवादी दलित मुक्ति सङ्गठन १०. कमला विश्वकर्मा : समाजवादी दलित शिल्पी मुक्ति संगठन ११ उपेन्द्र छटुन्जेल: नेपाल राष्ट्रिय दलित केन्द्र १२. शिव वर्मा: समाजवादी दलित मुक्ति मोर्चा नेपाल ।
दलजीत श्रीपाली संयोजक, संयुक्त राजनीतिक दलित संघर्ष समिति तथा अध्यक्ष, नेपाल दलित मुक्ति मोर्चा
Leave a Reply