
काठमाडौँ — नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बिहान ११ बजे प्रचण्ड निवास खुमलटारमा बैठक बस्ने भएको हो ।
नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीहरूको व्यवस्थापन, पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका लगायत समसामयिक विषयमा निर्णय हुन सक्ने सचिव देवेन्द्र पौडेलले रातोपाटीलाई बताए ।
यसअघि माघ ८ गते बसेको बैठकले सुदूरपश्चिम, गण्डकी र मधेस प्रदेशको इन्चार्ज फेर्नेबारे छलफल भएको थियो ।
Leave a Reply