रास्वपाले अध्यादेश अस्वीकार गर्ने, रविविरुद्धको मुद्दामा विरोध जनाउने

दलित अनलाईन १६ माघ २०८१, बुधबार १७:५०

काठमाडौँ  —  राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अधिवेशनमा रवि लामिछानेलाई सम्पती शुद्धिकरणको मुद्दा लगाएर सांसद पदबाट निलम्वनको विरोध गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएका हुन्।

उनले सरकारले राजनीतिक प्रतिसोधका आधारमा प्रतिनिधि सभा नियमावलीको विपरित राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता रवि लामिछानेलाई सम्पती शुद्धिकरण समेतको मुद्दा हालेर सांसद पद निलम्बन गरेको ठहर गरेको भन्दै संसद बैठकमा विरोध गर्ने निर्णय गरेको बताए। सभापति माथि साँधिएको राजनीतिक प्रतिशोध,सहकारी र अर्थतन्त्र,असन्तुलित परराष्ट्र नीति र सत्ता समिकरणको सात बुँदाको समेत विरोध गर्ने निर्णय गरेको बताए।

Laxmi sunrise bank 2034

संसदको हिउँदे अधिवेशनमा जाँदा सरकारले सदनलाई छलेर अध्यादेश ल्याउने काम गरेको भन्दै अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने निर्णय गरेको बताए। उनले सरकारले ल्याएको नयाँ धितोपत्र बोर्डको अवधारणाको सैद्धान्तिक विमति नभएको तर नेप्सेलाई नै पुनसंरचना गर्नेमा व्यक्ति विशेष र स्वार्थ समूहका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउने निर्णयको विरोध गर्ने निर्णय भएको उल्लेख गरे। उनले ताप्लेजुङको पाथीभरामा जुन केबलकार राख्ने विषयमा स्थानीय प्रशासन र स्थानीय बासीबीचको झडपको भ्रर्सना गर्दै राज्यबाट भएको ज्यादतीको विरोध गर्ने निर्णय भएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank