कांग्रेस–एमालेका सांसद्ले रक्सी खाएर रास्वपा सांसद्लाई ‘ह्यारेसमेन्ट’ गरेकाे आरोप

दलित अनलाईन १० माघ २०८१, बिहीबार १८:३५

काठमाडौँ  — प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सभापति कुसुमदेवी थापा र रास्वपा सांसद् विनिता कठायतबीच चर्काचर्की पर्‍यो।

बुधबारको बैठकमा सांसद् कठायतले गएको पुस २७-२८ गतेको ‘पोखरा भ्रमण’को प्रसंग उम्काइरहेका बेला सभापति थापासँग भनाभन भयो। समितिको महत्वपूर्ण बैठकमा ‘सभापति-सदस्य’ भिडिरहँदा बाँकी सांसद्हरू भने मौन देखिन्थे।

स्रोत भन्छ- विवादको कारणचाहिँ पोखरा थियो। अर्थात्, पुस २८ गतेको ‘पोखरेली साँझ’।

सभापतिसँग वादविवादमा उत्रिएकी रास्वपा सांसद् कठायत खास विषयवस्तुमा प्रवेश गर्नुअघि पोखरामा आफूमाथि कांग्रेस–एमालेका सांसद्हरूले ‘ह्यारेसमेन्ट’ गरेकाे सुनाउन खोज्दै थिइन्। तर, सभापति थापाले बीचमै रोकेर मूल विषयवस्तुमा प्रवेश गर्न आग्रह गरिन्।

Laxmi sunrise bank 2034

सांसद् कठायत त्यतिमै रोकिइनन्, उनले आफ्नो गुनासो राखिरहिन्। फेरि सभापतिले रोक्न खोजिन्।

कठायतले रिसाउँदै भनिन्, ‘तपाईंले मलाई पेल्न खोज्नुभएको हो? मैले आफ्नो कुरा राख्न पाउनुपर्छ सभापतिज्यू!’ सभापति थापाले जवाफ फर्काइन्, ‘विषयवस्तुमा प्रवेश गर्नुहोस्।’

लगतै रास्वपा सांसद् कठायतले थपिन्, ‘त्यसो भए कहाँ बोल्न जानू यस्तो कुराहरू…! समितिमा भएको कुरा हो सभामतिज्यू!’ सभापति थापाले तत्कालै प्रश्न गरिन्, ‘तपाईंलाई त्यतिकै हेरेसमेन्ट गर्न खोजे होलान्? तपाईंको कुरा छैनन्?’
सभापतिसँग विवाविद बढ्दै गएपछि सांसद् कठायतले चर्किंदै भनिन्, ‘मैले अब भन्नैपर्ने हो त! कुन हालतमा, के स्थितिमा त्यहाँ के बोल्नुभएको थियो भनेर?’

कठायत चर्को स्वरमा चिच्याइरहँदा समितिको बैठकमा सहभागी अन्य सांसद्हरू लगभग चुपचाप देखिन्थे। तर, बीच-बीचमा कतिपय नेपाली कांग्रेसका सदस्यहरू बोल्न खोजेपनि उनी एकोहोरो बगिरहिन्।

सभापति थापासँग रिसाउँदै बोलिरहेकी रास्वपा सांसद् कठायतले त्यसपछि भने गम्भीर विषयमा प्रवेश थालिन्। ‘एनजीओ’को पैसामा अनुगमनमा जाँदा रक्सी खाएर सांसद्हरूले नै ‘जे पायो त्यहीँ बोलेको’ र रास्वपा सांसदमाथि ‘ह्यारेसमेन्ट’ गरेको आरोप लगाइन्।

उनी यत्तिकैमा रोकिइनन्, ‘सुमना श्रेष्ठले कति जनासँग विहे गर्‍यो भन्ने तपाईंहरूको सरोकारको कुरा हो? सोविता गौतमले के बोल्यो भनेर तपाईंहरूको सरोकारको कुरा हो? राष्ट्रिय स्वतन्त्र पार्टीले के गर्छ भन्ने तपाईहरूको सरोकारको विषय हो?’
कठायतले थप चर्किंदै भनिन्, ‘यो समितिमा भएको कुरा हो? समितिको अनुगमनमा भएको कुरा हो? तपाईंले मलाई पेल्न खोज्ने? त्यहाँनेर रक्सी खाएर तपाईंहरूले जे पायो त्यही बोल्न मिल्छ? सुमनाले कति जनासँग बिहे गर्‍यो, तपाईंहरूको सरोकारको कुरा हो? तपाईहरूले निर्णाय गर्नुहुन्छ? उहाँहरूलाई देश निकाला गर्ने भनेर? के गरेको छ त्यस्तो देश निकाला गर्नलाई? तपाईंहरूले बोलेको एकएक कुरा छ यहाँनेर सभापतिज्यू? यो समितिको अनुगमनको कुरा हो?’

Nobel Medical college

त्यसपछि सभापति थापाले उनलाई प्रमाण पेश आग्रह गरिन्।

रास्वपा फेरि पनि रोकिइनन्, ‘सदनमा भन्नु मैले यो कुरा? समितिमै भएको कुरा समितिमै भन्न पाउनुपर्छ? तपाईंले सुन्नुपर्छ, तपाईं पनि त्यहीँ हुनुहुन्थ्यो? तपाईको मुखबाट पनि २-४ वटा कुरा निस्किएका छन्। हाम्रो पार्टीको जेसुकै होस्, जस्तोसुकै होस्!’

सभापतिले थर्कांउँदै भनिन्, ‘जे पायो त्यहीँ बोल्नुहुन्छ यहाँ?’

कठायतले कडा जवाफ फर्कांइन्, ‘मैले जे पायो त्यहीँ बोले सभापतिज्यू! पोखरामा भएको घटना जे पायो त्यहीँ हो? त्यो जे पायो त्यहीँ नै थियो? तपाईंहरू एनजीओको पैसामा अनुगमन गएर, रक्सी खाएर जे पायो त्यहीँ बोल्नु भनेको, जे पायो त्यहीँ नै हो? तपाईंहरूले जे पायो त्यहीँ बोल्न हुने? अनुगमनमा भएको कुरा मलाई मन परेन सभापतिज्यू!’

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सभापति र सांसद्को चर्काचर्की सुनेपछि बाँकी सांसद्हरूले पनि विषयवस्तुमा प्रवेश गर्न आग्रह गर्छन्। एकैछिनमा वादविवाद सामसुम हुन्छ र समितिको बैठक अघि बढ्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank