सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन : प्रचण्ड

दलित अनलाईन १० माघ २०८१, बिहीबार १०:२१

सुर्खेत—  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रति आफूहरूको कुनै अभिरुचि नभएको बताएका छन् । बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले वर्तमान सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा नजानेमा भने आफूहरू प्रस्ट रहेको जिकिर गरे ।

संविधान र जनताको भावना विपरीत सरकार गठन भएकोले धेरै पर नजाने उनको भनाइ थियो । आफूले भने अनुसार नै सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको प्रचण्डले दाबी गरे । यद्यपि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको उनले प्रस्ट पारे ।

Laxmi sunrise bank 2034

देशको राजनीति सहज नदेखिएको भन्दै उनले प्रधानमन्त्री ओलीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको बताए ।

ओलीले अध्यादेशबाट शासन गर्न खोजेको भन्दै प्रचण्डले  समितिमा गइसकेको विधेयकलाई अध्यादेशबाट शासन गर्नु गलत भएको बताए । आफूहरूले विशेष अधिवेशन बोलाउने भनेपछि मात्र सरकार संसद् बोलाउन तयार भएको उनको आरोप थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank