दलित जागरण अभियान नेपालको १० औं राष्ट्रिय साधारण सभा तथा बृहत भेला नवलपुरमा

दलित अनलाईन १० माघ २०८१, बिहीबार १०:०५

काठमाडौँ  — दलित जागरण अभियान नेपालको १० औं राष्ट्रिय साधारण सभा तथा बृहत भेला नवलपुरमा हुने भएको छ ।

माघ १८ गते शुक्रबार नवलपुरको देवचुली १७ मा रहेको वरचुली माध्यमिक विद्यालयको खेलमैदानमा साधारण सभा तथा बृहत भेला  हुने भएको हो ।

जातीय भेदभावलाई अन्त्य गर्ने अभियान व्यापक बनाउन, जातीय विभेद विरुद्ध जनचेतना अभिवृद्धि गर्ने अभियानलाई सशक्त बनाउँदै लैजाने उदेश्यहरु राखी नवलपुरमा आयोजना हुने साधारणसभालाई व्यापक बनाउने गरि तयारी गरिएको अभियानका केन्द्रिय अध्यक्ष दधिराम परियारले जानकारी दिए ।

१० वर्ष स्थापना गरिएको दलित जागरण अभियान नेपालको ५३ जिल्लामा रहेको शाखाबाट १० औं राष्ट्रिय साधारण सभामा प्रतिनिधि उपस्थित रहनेछन् । साधारणसभामा मुख्य वक्ता हरिनन्दन कुमार रन्जन, रुवेन रसाइली, खगेन्द्र सुनार रहने साथै राष्ट्रिय कलाकार राजु परियार, पुर्णकला बिसी, गणेश विश्वकर्मा लगायतको प्रस्तुति रहने जनाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank